बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • हिमाली गाउँपालिकाले धनगढीमा अलपत्र परेकालाई राहत बितरण

हिमाली गाउँपालिकाले धनगढीमा अलपत्र परेकालाई राहत बितरण

  • बुधबार, बैशाख ३१, २०७७
हिमाली गाउँपालिकाले  धनगढीमा अलपत्र परेकालाई राहत बितरण
तस्विर बिनाेद बुढा धनगढी

बाजुरा– हिमालि गाउँपालिकाले  धनगढीमा अलपत्र रहेका नागरिकहरूका लागि राहत बितरण गरेको छ । बिश्वब्यापी रुपमा फैलिएको काेराेना भाईरस (काेभिड – १९) बाट प्रभावित भएका बाजुरा जिल्ला हिमाली गाउपालिका स्थायी घर भई विभिन्न कामको सिलसिलामा धनगढीमा रहेकाहरुलाई राहत बितरण गरेको हाे ।

हिमाली गाउँपालिकाले लक डाउनका कारण अलपत्र आफ्ना नागरिक, बिद्यार्थी, मजदुर गरिव तथा बिपन्न परिवारहरुलाई राहत बितरण गरेको धनगढीबाट बिनाेद बुढाले बडिमालिका खवरलाइ जानकारी दिएका छन्। कैलाली जिल्लाकाे धनगढी, टिकापुर लगायतका विभिन्न स्थानहरुमा छरिएर रहेका लकडाउन प्रभावित हिमाली गाउँपािलकाका ७५ जनालाइ बासिहरु लाई राहत बितरण गरिएको बुढाले जानकारी दिएका छन् । राहत बितरणकाे क्रममा प्रतिब्यक्ति १० के,जि,चामल, २ के,जि, दाल, १ पाकेट नुन १ लिटर तेलका दरले राहत बितरण गरिएको माेहनजङ्ग मल्ले जानकारी दिएका छन् ।

राहत बितरणका लागि बिनाेद बुढा र  माेहन जंग मल्ल लगाएतकाे  विशेष अगुवाईमा हिमाली गाउँपालिका धनगढीमा रहेका ७५ जनाले राहत बितरण गरेकाे बिनाेद बुढाले जानकारी दिएका छन् । केही दिन अघि बुटवल, काठमाण्डाै लगायतका क्षेत्रमा पनी हिमाली गाउँ पालिकाले राहत बितरण गरेकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार