बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • बिदेशको भर नपर

बिदेशको भर नपर

  • बुधबार, बैशाख ३१, २०७७
बिदेशको भर नपर

न सिमाना काँडेतारले बारेर हुँनेछ,
न लडाईमा जनताहरु नारेर हुँनेछ।

दलालि मानसिकता रहि रहँदा संम,
न युद्ध मा जनता लाई झारेर हुँनेछ।

आत्मा निर्भर बनाउँन देशलाई अब,
मात्रृत्व भुमिमै हृदयनै उतारेर हुँनेछ।

छिमेक ले गरेको अत्याचार लाई बरु,
अन्तरराष्ट्रीय न्यायलयमै सारेर हुँनेछ।

न ओसार बिदेशी सर समान देश मा,
अन्न र तरकारी देशमा उमारेर हुँनेछ।

कुन स्रोत छैन देश मा परनिर्भर बन्यौ,
प्रतेक सर समान देशमै तिखारेर हुँनेछ,

सम्मानिए र स्वभिमानी रहि रहन लाई,
आफ्नै देशलाई आफैले सपारेर हुँनेछ।

बिदेशको भर नपर आफ्नै पाटो जोतेर,
अखण्ड देश त दुश्मनलाई चारेर हुँनेछ।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार