मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • कैलाली र कञ्चनपुरबाट फर्किएका दुई जनामा कोरोना संक्रमण

कैलाली र कञ्चनपुरबाट फर्किएका दुई जनामा कोरोना संक्रमण

  • बुधबार, बैशाख ३१, २०७७
कैलाली र कञ्चनपुरबाट फर्किएका दुई जनामा कोरोना संक्रमण

धनगढी — पछिल्लो दुई दिनमा कैलाली र कञ्चनपुरबाट फर्किएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कैलालीबाट बर्दिया फर्किएकी ११ बर्षीय बालिका र कञ्चनपुरबाट फर्किएकी ३३ बर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।

बर्दियाकी कोरोना संक्रमित ११ बर्षीय बालिका कैलालीको गोदावरी र भजनी नगरपालिकामा ४२ दिन बसेर फर्किएकी थिईन्। चैत ५ गते कैलाली आएकी संक्रमित बालिका ४२ दिन बसेर बर्दिया फर्किएको खुलेको थियो।

११ बर्षिया बालिकामा सोमवार मात्रै कोरोना पुष्टि भएको थियो। ति बालिकाको सम्पर्कमा आएका एक सय एक जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएको छ। मजगाउँका ९६ र भजनीका पाँच गरी एक सय एक जनाको नमूना संकलन भएको हो।

उनीहरुको धनगढीस्थित प्रयोगशाला मार्फत परीक्षण हुने सामाजिक विकास मन्त्रालयले जनाएको छ।

यस्तै तीन दिनअघि काठमाडौँ पुगेकी कोरोना संक्रमित महिला कञ्चनपुरको बेदकोट नगरपालिकाकी भएको खुलेको छ।

सुदूरपश्चिमको सामाजिका विकास मन्त्रालयले उनी बेदकोट नगरपालिका वडा नम्वर ४ को भएको जनाएको हो। मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले संक्रमित ३३ बर्षीय महिला बेदकोट नगरपालिकाको भएको दिनेश खवरलाई जानकारी दिए।

उनको सम्पर्कमा आएका व्यक्तिको खोजीका लागि स्वास्थ्य कार्यालय कञ्चनपुरको टोली बेदकोट पठाईएको समेत उनले जानकारी दिए।

संक्रमित महिलाले वैशाख २९ गते महेन्द्रनगरबाट निजी गाडीमा काठमाडौँ गएकी थिईन्। ती महिला आफै परीक्षणका लागि पुगेको बताइएको छ। एनमा मंगलवार मात्रै कोरोना पुष्टि भएको थियो।

उनको घर बेदकोट नै भएको समेत चन्द्रागिरी नगरपालिकाले जनाएको छ। नगरपालिकाका मेयर घनश्याम गिरीले चन्द्रागिरीमा पनि उनको घर रहेको बताए। उनी अहिले टेकू अस्पतालको आइसोलेशन वार्डमा छिन्।

चर्चामा

सम्बन्धित समाचार