शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सिमानामा काँडेतारले बारेर जोगाउ

सिमानामा काँडेतारले बारेर जोगाउ

  • मङ्लबार, बैशाख ३०, २०७७
सिमानामा काँडेतारले बारेर जोगाउ

सिमाना मा काँडेतारले बारेर जोगाउ,
आफ्नो देश मुटु भित्र उतारेर जोगाउ।

खानै थाल्यो टुक्रा-टुक्रा मा बाँटेर देश,
निजि स्विर्थको त मायाँ मारेर जोगाउ।

खेल खेल्दै बिदेशिले गहिरो छ उदेश्य,,
जनतालाई संघियतामै ननारेर जोगाउ।

अलपत्र छन बिदेश मा आफ्नै शन्तान,
युवाशक्ति लाई पाखा न सारेर जोगाउ।

दुष्टकै अगाडि नतमस्तक किनछौँ विर,
लडाईको मैदानमा अब झारेर जोगाउ।

सदैको चेपुमा रहनु भन्दा लडेर मरौला,
देख्नेछ दुनियाँले अब न हारेर जोगाउ।

हुँनेछ बिकाश बन्नेछ आत्मानिर्भर देश,
यो देशका शन्तानलाई न टारेर जोगाउ।
सुरेशकुमार पान्डे।१२-५-२०२०,

चर्चामा

सम्बन्धित समाचार