शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्रीलाई नेविसंघको ज्ञापन–पत्र

प्रधानमन्त्रीलाई नेविसंघको ज्ञापन–पत्र

  • मङ्लबार, बैशाख ३०, २०७७
प्रधानमन्त्रीलाई नेविसंघको ज्ञापन–पत्र

बाजुरा — भारतले संचालन गरेको लिपुलेख सडकको विरोध जनाउदै नेपाल विद्यार्थी संद्द बाजुराले मंगलबार प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।

नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति बाजुराले मंगलबार नेपालका पुलेक,कालापानी,लिम्पियाधुराका भु–भागहरु भारतले मिच्दै आएको प्र्रति ध्यानाकर्षण गराउदै ज्ञापन पत्र बुझाएको नेविसंघ बाजुराले जनाएको छ ।

भारत सरकारले नेपालको भुमि अतिक्रमण गरी सडक निर्माण गरेको प्रति नेपाल विद्यार्थी संघको ध्यानाकर्षण भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । पत्रमा विगत ६ महिना पहिले भारतले कालापानी लगायतका भु–भागहरु भारतले सार्वजनिक गर्दा पनि सरकारले कुनै चासो नदेखाएको प्रति नेविसंघले आपत्ती जनाएको छ ।

नेपाल विद्यार्थी संघ बाजुराले चार बुँदे माग सहित ज्ञापन पत्र बुझाएको नेविसंघ बाजुराका सदस्य तपेश रावलले बताएका छन् । ज्ञापन पत्रमा भारतले नेपाली भुमिमा राजमार्ग निर्माण गरिसकेकाले राष्ट्रियताको पक्षमा दृढ अडान लिई भारतलाई गल्ती सच्याउन बाध्य बनाउनुको साटो उल्टै राष्ट्रियताको रक्षाका लागि सडकमा आएका जनता माथि निर्मम,दमन दगरी सरकारले भारतलाई नै रिजाउने लाग्नु खेद जनक भनिएको छ ।

यस्तै सोमबार नेपाल विद्यार्थी संघले शान्तिपुर्ण आन्दोलनमा नेविसंघका अध्यक्ष,महामन्त्री लगायतका व्यक्तिहरुलाइ रिहाई गर्न माग गरिएको छ । नेकपाको सरकारले निर्वाचनका बेला लगाएका नाराहरु खोक्रा भएकाले तत्काल भारतसंग वार्ता गरि समाधान गर्न पत्रमा उल्लेख छ ।

भारतले संचालन गरेको सडकको विवाद सरकारले कुटनितिक पहल गर्दै तत्काल सच्याउन भारतलाई बाध्य बनाउनुपर्ने नेविसंघ बाजुराका उपाध्यक्ष जनक थापाको हस्ताक्षरित ज्ञापन पत्रमा लेखिएको छ ।

नेपालको भु–भाग हडप्ने गरी सन् २०१५ मा बेइजिङ्गमा भारत र चीनले गरेको सहमतीको घोर आपत्ती जनाउदै तत्काल सच्याउनु पर्ने माग सहित ज्ञापन पत्र बुझाएको नेविसंघ बाजुराका उपाध्यक्ष दिलबहादुर थापाले बताएका छन् । ज्ञापन पत्र बुझाउन नेपाल विद्यार्थीसंघका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।

चर्चामा

सम्बन्धित समाचार