शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश
  • विद्यार्थी नेता नरेश रोकाया काठमाडौंमा राहत बाँड्दै

विद्यार्थी नेता नरेश रोकाया काठमाडौंमा राहत बाँड्दै

  • सोमवार, बैशाख २९, २०७७
विद्यार्थी नेता नरेश रोकाया काठमाडौंमा राहत बाँड्दै

काठमाडौ : अनेरास्ववियुका नेता नरेश रोकाया नेतृत्वको टोली काठमाडौंमा समस्यामा परेका विद्यार्थीलाई राहत वितरण गर्नमा सक्रिय रहेका छन् । बाजुरा जिल्लाबाट अध्ययनका शिलशिलामा काठमाडौमा बस्ने विद्यार्थीहरुलाई कोठामै पुगेर रोकाया सहीतको टोलीले राहत वितरण गर्ने गरेको छ ।

व्यक्तिगत रुपमा आफ्नै पहल र सहकार्यमा दुईदिन देखि काठमाडौंमा राहत वितरण कार्य जारी रहेको नेता रोकायाले बताएका छन् । रोकाया र गोपाल खड्का सहीतका व्यक्तिहरुले विशुद्ध आफ्नै लगानी र पलहमा समस्यामा परेका विद्यार्थीलाई राहत वितरण कार्य जारी राखेका छन् ।

बाजुराको अति दुर्गम क्षेत्रबाट काठमाडौंमा बस्ने गरेका र लक डाउनको प्रत्यक्ष मारमा परेका विद्यार्थीको कोठामै पुगेर राहत वितरण गरिरहेका छन् । रोकाया र खड्का दुबै जनाले व्यक्ति १०।१० हजार रुपैया दिने सामाजिक सञ्जालबाट घोषणा गरेर राहत वितरण कार्य थालनी गरेका हुन् ।

आज काठमाडौंका मैतिदेबी, बौद्ध, कलंकी, नैकाप, दहचोक, थानकोट चेकपोस्ट, डल्लु र लाजिम्पाट क्षेत्रमा वितरण गरेका छन् । जनप्रतिनिधी, जागेर र व्यापारीक परिवारका बाहेक विपन्न परिवारका विद्यार्थीलाई राहत उपलब्ध गराउने गरिएको छ ।

प्रति व्यक्ति १० केजी जिरा मसिनो चामल, एक केजी दाल, एक पोका तेल, एक प्याकेट नुन र एक प्याकेट मस्यौरा सहीत दिने गरेका छन् । आजमात्र ५० जनालाई कोठामै पुगेर राहत सहयोग गरेको विद्यार्थी नेता गोपाल खड्काले बताएका छन् ।

स्थानीय तहले राहत दिने गरेपनि लक लाडनको समय बढ्दै गएको र अधिकांशले नपाएको अवस्था देखिएकोले व्यक्तिगत पहलमा राहत उपलब्ध गराउन अभियान नै सञ्चालन गरिएको नेता नरेश रोकायाले बताएका छन् । व्यक्तिगत फोन नम्बर सार्वजनिक गरेर सम्पर्क गर्न भनिएको छ ।

चर्चामा

सम्बन्धित समाचार