• होमपेज
  • बुढिनन्दा
  • बुढीनन्दा नगरपालिकाले सुनाैला हजार दिनकी आमालाई पोषिलो खाना, सुत्केरी असक्तलाई निशुल्क यातायात

बुढीनन्दा नगरपालिकाले सुनाैला हजार दिनकी आमालाई पोषिलो खाना, सुत्केरी असक्तलाई निशुल्क यातायात

  • आइतवार, बैशाख २८, २०७७
बुढीनन्दा नगरपालिकाले सुनाैला हजार दिनकी आमालाई पोषिलो खाना, सुत्केरी असक्तलाई निशुल्क यातायात

कोल्टि २८ बैशाख – बाजुरा जिल्लाको बुढीनन्दा नगपालिकाले सुनौला हजार दिनका आमाहरुलाई पोषिलो खानाको ब्यास्था गर्ने भएको छ । लकडाउनले सबै बजार क्षेत्र बन्द भएपछि सुनौला हजार दिनकी आमा र बच्चालाई कुपोषण हुनबाट जोगाउन दाल, चावल, नून, अण्डा, तरकारीको बिउ, साबुन घरघरममा गएर उपलब्ध गराउने निर्णय भएको बुढीनन्दा गरपालिकाका मेयर पदम गिरीले बताए । आज बसेको नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको गिरीले बताए ।
साथै प्रसुतीको लागी सुत्केरी माहिला, अशक्त , एकल महिलालाई स्वास्थ्य केन्द्रसम्म पुर्याउन लकडाउन अवधिभर निसुल्क गाडीको ब्यवस्था नगरपालिकाले गर्ने र रेफर गरिएका सुत्केरी महिलालाई जिल्ला अस्पतालसम्म निसुल्क यातायातको ब्यवस्थापन गरिए निर्णय भएकाे उनले बताए ।
विभिन्न अबरोध पश्चात आकस्मिक शल्यक्रिया सेवाका निम्ति कोल्टि प्राथामिक स्वास्थ्य केन्द्रमा जेष्ठ पहिलो साता डाक्टर नगरपालिकाले काेल्टि प्रथामिक स्वास्थ्य केन्द्रमा उपस्थिति भएर सेवा सुचारु गराईने गिरीले बताए ।

चर्चामा

सम्बन्धित समाचार