सुदूरपश्चिममा चट्याङ र हुरीबताससहितको वर्षा सुरु भएको छ । अहिले कञ्चनपुरमा अध्याँरो छाएको स्थानीयले बताएका छन् । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर, झलारी, बेलडाँडी, कृष्णपुरलगायतका क्षेत्रमा दिउँसै अध्याँरो भएपछि स्थानीयहरु त्रसित बनेका छन् ।
हावाहुरीका कारण भीमदत्त नगरपालिका-१८ कटानमा रहेको रेडियो महाकालीको टावर खसेको रेडियोका सञ्चालक खेम भण्डारीले जनाएका छन् । नेपाल पूर्वानुमान शाखाले हाल मेघ गर्जन, चट्याङ, हुरीबतास, असिनासहित वर्षा गराउने प्रणाली पश्चिमबाट नेपालको सुदुरपश्चिम प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको हुँदा सतर्कता अपनाउन आग्रह गरेको थियो ।
यसको असर सुदूरपश्चिम सँगै साँझ सम्ममा कर्णाली प्रदेश र प्रदेश ५ मा पनि देखिने महाशाखाले जनाएको छ । हाल मेघ गर्जन/चट्याङ/हुरीबतास/असिना सहित वर्षा गराउने प्रणाली पश्चिमबाट नेपालको सुदुर पश्चिम प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको हुदा केहि समय पछि सु.प. प्रदेशमा र साँझ सम्ममा कर्णाली प्रदेश र प्रदेश ५ मा पनि यस प्रणालीको प्रभाव देखिने हुनाले सतर्कता अपनाउन अनुरोध छ @NEOCOfficial pic.twitter.com/tGqsWsOwDq
— Nepal Weather Forecast (@DHM_Weather) May 10, 2020