बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • समाज
  • धनगढीमा नगद र गरगहना चोरीमा संलग्न तीन जना पक्राउ

धनगढीमा नगद र गरगहना चोरीमा संलग्न तीन जना पक्राउ

  • आइतवार, बैशाख २८, २०७७
धनगढीमा नगद र गरगहना चोरीमा संलग्न तीन जना पक्राउ

धनगढी : धनगढीमा नगद र गरगहना चोरीमा संलग्न तीनजनालाई पक्राउ गरिएको छ। उपमहानगरपालीका वडा नम्बर ७ का स्थानीय रामबहादुर बिकको घरबाट नगद र गरगहना चोरी गर्ने तीनजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले पक्राउ पर्नेमा धनगढी उपमहानगरपालीका १ का  २८ वर्षीय श्याम जोशी, शिवनगरको आरती सुनचाँदी पसलका संचालक २३ वर्षीय कमलेश भन्ने सुजल खनाल र २८ वर्षीय पंकज घिमिरे रहेको बताए।

उनीहरुले बिकको घरबाट दुईवटा तिलहरी, हातको बाला, मोबाईल र २० हजार नगद चोरी गरेको बुझिएकाले नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार