शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • दिर्घरोगीलाई युवाहरुकाे औषधी सहयाेग

दिर्घरोगीलाई युवाहरुकाे औषधी सहयाेग

  • शुक्रबार, बैशाख २६, २०७७
दिर्घरोगीलाई युवाहरुकाे औषधी सहयाेग

कोरोना भाइरस विश्वभरी महामारीका रुपमा फैलिरहेका बेला बाजुराका युवाहरुले सुगर, प्रेसर, दम, मुटुरोग र दाद जस्ता दिर्घरोगको निशुल्क औषधी वितरण अभियान शुरु गरेका छन् । नेपाल विद्यार्थी संघ बाजुरा का कार्यवाहक अध्यक्ष जनक थापा र “मानवता लागि हामी भन्ने अभियान ” का संयाेेजक तथा जिपी युथ क्लवका अध्यक्ष  दिलिप कुमार थापाको अगुवाईमा निशुल्क औषधि वितरण गरेका छन् ।

Image may contain: 2 people, including दिलिप कुमार थापा, people standing, beard and outdoor

लकडाउनले दिर्घराेगीलाइ औषधी किन्न समस्या नहाेस भनेर सहयाेग अभियान शुरु गरेकाे जनक थापाले बडीमालिका खबरलाइ बताएका छन् । हाम्राे सानाे सहयाेगले कसैलाइ राहत हुन्छ भनेर आफुहरुले सहयाेग अभियान शुरु गरेकाे थापाले वताए । आफुहरुलाई सस्तो लोकप्रियता कमाउनु भन्दा पनि रोगलाई थोरै भएपनि मलम लगाउनु उत्तम लागेकाले सो कार्यको अभियान संचालन गरिएको दिलिप थापाले बताए ।

Image may contain: 3 people, including दिलिप कुमार थापा, people standing, beard and eyeglasses

उनले सबै इच्छुक युवाहरुको सहयोगमा सो अभियान झनै प्रभावकारी रुपमा संचालन हुने भएकाले नगरपलिकाका अन्य इच्छुक युवाहरले पनि सो कार्यमा सहयोग गर्न अपिल गरेका छन् ।थापाले केहीदिन अगाडीमात्र संचालन गरियोको सो कार्यमा वडिमालिका नगरपािलका भित्रका केही दिर्घरोगीहरुलाई औषधी वितरण गरिसकेको र नगरपािलका भित्र रहेका अन्य दिर्घरोगीलाई पनि आफुहरुको सम्पर्कमा ल्याउन जोकोहीलाई पनि सामाजिक संजाल मार्फत नै आग्रह गरेका छन् साथै दिर्घरोगको उपचारका लागि सामाजिक संजाल मार्फत आफ्नो सम्पर्क नम्बर सहित सम्पर्कमा आउन पनि आग्रह गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार