बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिममा पाँचौँ संक्रमित पनि डिस्चार्ज, ३५ दिनपछि घर फर्किन धनगढीकी महिला

सुदूरपश्चिममा पाँचौँ संक्रमित पनि डिस्चार्ज, ३५ दिनपछि घर फर्किन धनगढीकी महिला

सुदूरपश्चिम कोरोनामुक्त, संक्रमित पाँचै जना निको भएर घर फर्किए

  • शुक्रबार, बैशाख २६, २०७७
सुदूरपश्चिममा पाँचौँ संक्रमित पनि डिस्चार्ज, ३५ दिनपछि घर फर्किन धनगढीकी महिला

धनगढी — ‘तपाईको लगातार दुई पटक सम्म कोरोना रिपोर्ट नेगेटिभ आईसकेको छ। तपाईलाई आजै हामी अस्पतालबाट डिस्चार्ज गर्दैछु।’ सेती अस्पतालका डाक्टर शेरवहादुर कमरबाट यो आवाज सुन्नको लागि धनगढी उप–महानगरपालिका वडा नम्वर ५ कि ३४ बर्षीय दीपा शाहीलाई ३५ दिन लाग्यो।

तर जव उनले दुई पटक रिपोर्ट नेगेटिभ आएको जानकारी पाईन, उनमा खुसीको सीमा नै रहेन्। सामान एकछिनमै प्याक गरेर अस्पतालबाट निस्किने तयारी गरिन्। पछिल्लो तीन दिनमा दुई पटक थ्रोट स्वाबको नमूना त लगिएको थियो तर दुबै रिपोर्ट के आयो भन्ने विषयमा शाहीलाई अस्पतालले आज दिउसो सम्म पनि जानकारी दिएको थिएन्। त्यो कारणले उनी आज दिउसो सम्म पनि तनावमै थिईन्।

जुन दिन लम्कीकी ६१ बर्षीय महिलाले ११ दिनमै कोरोना जितेर घर फर्किएकी थिईन्, सो दिनपछि उनमा तनाव बढ्दै गएको थियो। अस्पताल बसाईको क्रममा ६१ बर्षीय महिलाले कोरोना सहजै जित्न सक्ने तर मैले किन नसक्ने लगायतका हजारौ प्रश्न उनको मनमा उब्जिएका थिए। तर पनि कोरोनाई जित्न सक्छु भन्ने दृढ विश्वास भने उनमा थियो।

‘सोही विश्वासले कोरोनालाई जित्न सफल भए जस्तो लाग्छ।’ ३५ दिनपछि घर फर्किएकी शाहीले भनिन्।  उनका अनुसार अस्पतालबाट डिस्चार्ज हुँदा सेती प्रादेशिक अस्पतालका कोभिड–१९ रोग विभाग प्रमुख डाक्टर शेरवहादुर कमरले अझै एक साता सम्म घर परिवारबाट टाढा बस्न सुझाएका छन्।

घर पुगेपछि टेलिफोनमा दिनेश खवरसंग कुरा गर्दै ३४ बर्षीय महिला शाहीले भनिन्, ‘जिन्दगीमा ३५ दिन सम्म अस्पतालमा बस्नुपर्ला भन्ने कहिले सोचेको पनि थिएन्। तर कोरोनाले बसायो। अहिले घर नजिकैको आफ्नै होटलमा बसेकी छु। टाढाबाट भएपनि चार बर्षको छोरा र ९ बर्षकी छोरीलाई हेर्न पाएकी छु। खुसी लागेको छ।’

उनले उपचारमा संग्लन डाक्टर र अन्य स्वास्थ्यकर्मीलाई धन्यवाद दिदै अगाडि थपिन्, ‘कोरोना पराजित गर्ने क्रममा अस्पतालका स्वास्थ्यकर्मीहरुको भूमीका महत्वपूर्ण छ। उनीहरुको सहयोग जिन्दगीभरी सम्झीरहनेछु।’

चर्चामा

सम्बन्धित समाचार