• होमपेज
  • समाज
  • नेपाल रेडक्रस बाजुराले फलफुल बितरण गरेर मनायो स्थापना दिवस

नेपाल रेडक्रस बाजुराले फलफुल बितरण गरेर मनायो स्थापना दिवस

  • शुक्रबार, बैशाख २६, २०७७
नेपाल रेडक्रस बाजुराले फलफुल बितरण गरेर मनायो स्थापना दिवस

बाजुरा — नेपाल रेडक्रस सोसाईटी बाजुराले रेडक्रस स्थापना दिवसको अवसरमा जिल्ला अस्पतालका बिरामीहरुलाई फलफुल बितरण गरेको छ । आफ्नो स्थपना दिवसको अबसरमा बिरामीहरुलाई फलफुल बितरण गरेको हो ।


आज भन्दा १८२९ वर्ष पूर्व, ईसं १८२८ को मे ८ को दिनमा लैजान चाहन्छौ, त्यस दिन यूरोपमा स्वीटजरल्यान्डको जेनेभामा जि हेनरी ड्यूनान्टको जन्म भएको थियो । नोबेल शान्ती पुरस्कारका प्रथम विजेता अनि रेडक्रस जस्तो विश्वब्यापी परोपकारी संस्थाका संस्थापक यी महान ब्यक्तित्वको जन्मदिनलाई हरेक वर्ष विश्व रेडक्रस दिवसकारुपमा संसारले सम्झना, सर्मपण अनि सद्भाव कायम गर्न रेडक्रस दिवस मनाउने गरेको नेपाल रेडक्रस सोसाइटी बाजुराका सभापती रमबहादुर शाहीले बताए ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमा प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने, रेडक्रसकर्मी, स्वास्थ्यकर्मी नेपाल पत्रकार महासघं बाजुराका पुर्ब अध्यक्ष मदन जोशी पत्रकारहरुको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार