बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • समाज
  • भारतमा बैतडीका युवकमा देखियो कोरोना

भारतमा बैतडीका युवकमा देखियो कोरोना

  • शुक्रबार, बैशाख २६, २०७७
भारतमा बैतडीका युवकमा देखियो कोरोना

भारतमा बैतडीका युवकमा कोरोना संक्रमण देखिएको छ। बैतडीको दोगडा केदार गाउँपालिका ९ चडेपानी (बगौरा) घर भएका २३ वर्षीय रमेश दत्त भट्टलाई कोरोना संक्रमण देखिएको हो। उनी राजधानी नयाँदिल्लीको आजादपुर मण्डीमा जेसीए ट्रेडर्स नामक फलफुल कम्पनीमा कार्यरत थिए।

बिहीबार उनको थ्रोट स्वाबको नमूना पोजिटिभ आएको उनीसँगै दिल्लीमा रहेका दत्तराज भट्टले भने। रमेशलाई बिहीबार राती नै दिल्लीको राम मनोहर लोहिया अस्पतालमा आइसोलेसन वार्डमा भर्ना गरिएको छ। उनको स्वास्थ्य अवस्था राम्रो भएको बताइएको छ।  #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार