• होमपेज
  • देश
  • वैशाख २८ देखि प्रि-बजेटमाथि छलफल : नीति तथा कार्यक्रम जेठ २ गते

वैशाख २८ देखि प्रि-बजेटमाथि छलफल : नीति तथा कार्यक्रम जेठ २ गते

  • बिहिबार, बैशाख २५, २०७७
वैशाख २८ देखि प्रि-बजेटमाथि छलफल : नीति तथा कार्यक्रम जेठ २ गते

काठमाडौं : आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम जेठ २ गते प्रस्तुत हुने भएको छ। संघीय संसद सचिवालयका अनुसार दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम जेठ २ गते प्रस्तुत गर्ने कार्यतालिका तय भएको हो।

त्यसैगरी प्रि-बजेट छलफल वैशाख २८ गतेदेखि हुनेछ। प्रि बजेट छलफल प्रतिनिधिसभामा तीन र राष्ट्रियसभामा दुई दिने हुनेछ। सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार वैशाख २८, २९ र ३० गते प्रतिनिधिसभा र २८ र २९ गते राष्ट्रियसभामा प्रि बजेट छलफल हुनेछ।

जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान भएकाले त्यस अघि नै प्रि-बजेट छलफल गर्नुपर्ने कानुनी व्यवस्था छ।

संसदको बजेट अधिवेशन शुक्रबारबाट सुरु हुँदैछ। बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ। बजेट अधिवेशन सुरु हुनुअघि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण विरुद्धका सम्पूर्ण प्रयास अपनाइएको सचिवालयले बताएको छ।

बिहीबार नै प्रतिनिधिसभा सभामुख र राष्ट्रियसभाका अध्यक्षको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ। संसद भवनमा भौतिक दूरी कायम गर्दै बस्ने व्यवस्थापन मिलाइएको छ।

चर्चामा

सम्बन्धित समाचार