• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • भारतमा अलपत्र नेपालीको उद्धार र राहतकको लागी, नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रद्धारा सुदुरपश्चिम प्रदेशलाई ज्ञापन पत्र

भारतमा अलपत्र नेपालीको उद्धार र राहतकको लागी, नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रद्धारा सुदुरपश्चिम प्रदेशलाई ज्ञापन पत्र

  • बिहिबार, बैशाख २५, २०७७
भारतमा अलपत्र नेपालीको उद्धार र राहतकको लागी, नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रद्धारा सुदुरपश्चिम प्रदेशलाई ज्ञापन पत्र

बाजुरा २५ बैशाख – नेपाली जनसम्पर्क समिती भारत र नेपाली जनसम्पर्क समिती उत्तर भारत समितिले भारतका बिभिन्न शहरहरुमा अलपत्र परेका नेपालीहरुलाई उद्धार गरिनुका साथै राहतको लागि सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
सुदुर पश्चिम प्रदेश सरकार मार्फत सघिय सरकार र भारतका लागि नेपाली राजदुतावस र सात वटै प्रदेश सरकारलाई गम्भिर ध्यानआकर्षण गराउन ज्ञापन पत्र बुझाएको नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्र दिल्लीका महासचिव खकेन्द्रबहादुर सिंहले बताएका छन् ।
कोरानाले बिश्व आक्रान्त भईरहेको बेला भारत सरकारले पनि लकडाउन गरेर भारतका बिभिन्न शाहरहरुमा बिभिन्न काम गर्दै आएका नेपालीहरुलाई कामबाट कम्पनी होटेले बन्द भएपछि कामबाट निकालीएका नेपालीहरु भारतका बिभिन्न शहरहरुमा अलपत्र परेका छन् ।
मालिकले कामबाट निकाली दियो, लकडाउन भएको लामो समय भयो कमाएको पैशा सकीयो अब भोकभोकै कसरी बच्ने उद्धार गरि राहतको लागि अनुरोध गरेको सिंहले बताए ।
ज्ञापन पत्र नेपाली काँग्रेश बाजुराका सभापति कबिराज पण्डित नेपाली काँग्रेश महाधिबेशन प्रतिनिधि पूर्णबहादुर सिंहको उपस्थितिमा नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रका महासचिब खकेन्द्रबहादुर सिंहको अरुताक्षरमा बुझाएको छ ।
अलपत्र परेका, मजदुर, विद्यार्थी, तिर्थयात्री तथा उपचारकोक्रमा भारतका बिभिन्न शहर तथा प्रान्तमा अलपत्र मात्र नभई मृत्युसंग लडिरहेका आम नेपाली नागरिकरुलाई आफ्नो बाच्न पाउने अधिकारको सुनिस्चिता प्रदान गर्दै प्रदेश सरकारले अथासिघ्र राहात प्याकेज घोषणा गरि भारतमा रहेका नागरिकको उद्धार गरियोस भनी नेपाली जनसम्पर्क समिती भारत नेपाली पिडित नागरिकहरुको पक्षमा वकालत र ७ वटै प्रदेश सरकारको ध्यानाकर्षण गर्न सरकारको ढोकामा आईपुगेको कुरा ज्ञापन पत्रमा लेखिएको छ । सरकार जिम्मेवार बनोस, सकारात्मक कामहारुमा हाम्रो सदासह योगदान रहने बचन बदताका साथ यस ज्ञायापन प्रत्र मार्फत हाम्रा मागहारु लाई सरकार समक्ष पेश गर्दछु ।
ज्ञापन पत्र बुझ्दै सुदुरश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफुले भारतमा रहेका नेपालीहरुले पाएको दुखको पूर्ण जानकारी हुनुका साथै अनुभब छ । यो समस्या प्रदेश सरकारले पहल गरिरहेकोर सघिय सरकारसंग छmफल गरिरहेको बताएका छन् । सुदुरश्चिम प्रदेशका मुख्यपन्त्रीलाई बुझाएको ज्ञापनपत्रका अंक तल हेर्नुहोस् ।

श्री माननीय मुख्यमन्त्री ज्यु
सुदुरपश्चिम प्रदेश
धनगढी कैलालि
ज्ञापान प्रत्र

विश्व समुदाय कोरोनासँग लडिरहेको छ । मानव सभ्यता माथि नै ठूलो संकट पैदा भएको छ । मानव जाति विरुद्धको महासंकटबाट हामी कोही मुक्त छैनौं ।
भूगोल, जाति, समुदाय, परिवार वा व्यक्ति कोरोनाको त्रास र संक्रमणबाट टाढा हुने कल्पना समेत गरिएको छैन् ।
सृष्टिमा महासंकट छ । संकट सबैका लागि समान छ । यसले कसैलाई पनि विभेद गरेको छैन् ।
विभेद रहीत संक्रमण र त्रास भोग्न सिंगो सृष्टी बाध्य छ । विश्वका विकसित देश देखी बिकास उन्मुलख देश पनि यसबाट निकै तर्सित र भयभीत छन । यस यस भयभित अबस्थामा नेपाली नगरिहरुले अभिभाकत्व गरेको पाईदैन यस परिप्रेक्षमा महामारिको संकट बाट जोगिन बिश्वका आरुमुलुक जस्तै
भारत सरकारले पनि कोरना (अयखष्म ज्ञढ) भाईरस रोगथाम तथा नियन्त्रण गर्न लागु गरेको लकडाउन का करणले
आफ्नो रोजगारी गुमायई समस्यामा परेका बेरोजगार आम नेपाली रोगले भन्दा पनि भोकले छट्पटाई सडक पेटिमा मृत्युु संग लडिरहेकको अबस्थामा भारत स्थित न्यु दिल्लीमा रहेको नेपाली राजदुतावास स्वयम क्यारेन्टाईम बसी आफ्नो पदिय जिम्मेवारी बाट पन्छिन खोज्दा त्यहा स्थित नेपाली नगरिकहरु थप समस्या झेल्न बाध्य भयकाले नेपाली जनसम्पर्क समिती भारत र नेपाली जनसम्पर्क समिती उत्त्र भरतले राजदुतावस र सात वटै प्रदेश सरकारको निन्द्रा ब्युझाउन गम्भिर ध्यानआकर्षण गराउद छौ!
तसर्थ अलपत्र परेका ,मजदुर, विद्यार्थी,तिर्थयात्री,तथा उपकारकोक्रमा भारतका बिभिन्न शहर तथा प्रान्तमा अलपत्र मात्र नभई मृत्युसंग लडिरहेका आम नेपाली नागरिकरुलाई आफो बाच्न पाउने अधिकारको सुनिस्चिता प्रदान गर्दै प्रदेस सरकारले अथासिघ्र राहात प्याकेज घोषणा गरि भारत मा रहेका नागरिकको उद्धार गरियोस भनी नेपाली जनसम्पर्क समिती भारत नेपाल पिडित नागरिकहरुको पक्षमा वकालत र ७ वटै प्रदेस सरकार को ध्यानाकर्षण गर्न सरकारको ढोकामा आईपुगेको छ । सरकार जिम्मेवार बनोस,सकारात्मक कामहारुमा हाम्रो सदासह योग रहने बचन बदताका साथ यस ज्ञायापन प्रत्र मार्फत हाम्रा मागहारु लाई सरकार समक्ष पेस गर्दछु ।

१) कोरना भाइरस (अयखष्म ज्ञढ) को महामारिको कारण दिल्ली लगायत भारतका विभिन्न क्षेत्रमा अलपत्र परेका नेपाली नागरिककहरुको यकिन संख्या पत्ता लगाई आबश्यक राहातको लागी पहल गरियोस।

२) नेपाल सरकार र भारत सरकारले प्रराष्टमन्त्रालय मार्फत कुटनितिक पहल गरि नेपाल आउन चाहने आम नेपाली नागरिक लाई अथासिघ्र स्वदेसमा भित्याउने पहल गरियोस।

३) प्रदेस सरकार मार्फत प्रवासमा अलपत्र परेका नेपालीहरुको उद्धार गर्न संघिय सरकार लाई यथासिघ्र पहल गरियोस।

४)भारतमा उपचार गराईरहेका दीर्घ रोगि हरु प्रतक्ष्य रुपमा प्रभाबित भयकाल्रे उहाह्ररुको उपचार को सहजीकरण गर्दै बाच्न पाउने अधिकार को सुनिश्चित गरियोस

५) बिदेसी भुमिमा रोजगारी गुमायका र घरभाडा तिर्न नसकी घरमालिकले निकालियका नागरिकहरु रोडमा मृत्यु संग लडिरहेको कुरा स्मरण गराउदै त्यस्ता नागरिकको यथासिघ्र उद्धार गरियोस

६) भारतमा तिर्थ यात्रा रहेका हरुको अबस्था बिजोग भयको स्मरण गराउदै उहाँहरुको तत्काल उद्धार गर्न अनुरोध गर्दछौं ।

७) प्रवासमा अफ्नो रोजगारी गुमाउनु भयका नागरिक लाई स्वदेशमै सरकाले रोजगारिको ब्यबस्था ग्यारेन्टी गरियोस

                                                      जय नेपाल!

 

खगेन्द्र बहादुर सिंह
महासचिव
नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्र दिल्ली

चर्चामा

सम्बन्धित समाचार