शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • बुढीगंगा
  • नेबिसघका नेता रावलद्धारा त्रिशत्ति क्वारेन्टाईनमा रहेकालाई पुस्तक बितरण

नेबिसघका नेता रावलद्धारा त्रिशत्ति क्वारेन्टाईनमा रहेकालाई पुस्तक बितरण

  • बिहिबार, बैशाख २५, २०७७
नेबिसघका नेता रावलद्धारा त्रिशत्ति क्वारेन्टाईनमा रहेकालाई पुस्तक बितरण

नेपाल बिधार्थि सघका नेता तथा नेपाली काङ्ग्रेस बाजुराका उदयमान युवा नेता तपेस रावलले क्वारेन्टाइनमा रहेका नागरिकहरूलाई पुस्तक बितरण गरेका छन । बिश्वब्यापी माहामारिकाे रुपमा फैलिएको काेराेना भाइरस काेभिड 19 राेकथाम तथा न्युनिकरणका लागि सरकारले बन्दाबन्दि उर्दी जारि ,जनचेतनामूलक कार्यक्रम तथा जिल्लामा अन्य जिल्लाबाट भित्र्याएका नागरिकहरुलाइ समेत क्वारेन्टाइनमा राखेका छन ।
यसै अनुरुप क्वारेन्टाइनमा बसेका नागरिकहरू खालि समय त्यत्तिकै समय बिताउन गाह्रो हुने , हरेक खालका मनमा कुराहरू खेल्नुका साथै अनआबश्यक कुरामा ध्यान जाने भएकोले खालि समय सदुपयोग तथा ज्ञानज्ञुनका कुराहरु सिक्न प्रेणाका लागि अध्यायन आवश्यक भएकोले क्वारेन्टाइनमा बसेकालाई अाफुले अाफुसग उपलब्ध विभिन्न क्षेत्रका पुस्तकहरु बितरण गरेकोे रावलले बताउनुभयाे । नेबिसघ नेता रावलले  हिजो बुढिगगा नगरपालिका वडा नम्बर ९ स्थित त्रिशक्ति माध्यमिक बिधालयमा रहेकाे क्वारेन्टाइनमा बसेका ४० जनालाई लक्षित गरि विभिन्न बिधाका २५ पुस्तकहरु बितरण गरेका छन ।

उपलब्ध पुस्तकहरु बुढिगगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष टेक बहादुर रावलले उक्त क्वारेन्टाइनमा जिम्मेवारी रहेका हवल्दार लालबहादुर बुढालाइ हस्तान्तरण गरेका छन ।

पुस्तक सहयाेग पाएपछि क्वारेन्टाईनमा बसेकालाई सयम बिताउन  सजिलो भएकाे उनीहरुले बताएका छन् । अरुकाे बिराेध आलाेचना भन्दा आफुले समाज र देशमा नया काम गरेर नागरिकलाई सहज हुने र नागरिककाे काममा बफादार हुन रावल बढी सक्रिय रहेकाे उनीहरुले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार