शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • बुढीगंगा
  • मलेनिकाले बुढिगगालाइ भन्याे- समायोजन भएका कर्मचारीले आर्थिक अधिकार पाउने

मलेनिकाले बुढिगगालाइ भन्याे- समायोजन भएका कर्मचारीले आर्थिक अधिकार पाउने

  • बिहिबार, बैशाख २५, २०७७
मलेनिकाले बुढिगगालाइ भन्याे- समायोजन भएका कर्मचारीले आर्थिक अधिकार पाउने

बुढिगंगा नगरपालिकामा तत्कालिन जिल्ला बिकास समिति, दुर्गम क्षेत्र बिकास समिति र अन्य सेवाबाट समायाेजन भएर आएका कर्मचारीले खाता संचालन गर्न पाउने भएका छन् । सघिंय मामिला तथा समान्य प्रशासन मन्त्रालयबाट खाता सञ्चालन गर्न नपाईने वताएकाे भएपनी महालेखा नियन्त्रक कार्यलयले बुढिगगा नगरपालिकालाइ आर्थिक अधिकार पाँउने भनेर पत्रचार गरेकाे छ ।

नगरपालिकाले मागेकाे रायकाे जवाफ दिदै मलेनिकाले समायाेजन पश्चात सम्पुर्ण कर्मचारीहरु तत्कालका लागि स्थानिय सेवाका कर्मचारी रहेकाे हुँदा नगरपालिकाकाे खाता सञ्चालनका लागि नगरपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत र लेखा प्रमुख बाट ब्यबस्था हुने गरि नगरपालिकालाइ पत्रचार गरेकाे छ । नगरपालिकामा खाता सञ्चालनका लागि बिवाद भएपछि नगरपालिकाले मलेनिकालाइ सुझाब मागेपछि बुधवार नगरपालिकालाइ यस्ताे पत्रचार गरेकाे हाे ।

याे भन्दा पहिला स‌घिय मामिला मन्त्रालयले मिति २०७७ बैशाख ८ गतेको पत्र अनुसार जिबिस तथा अन्य सेवाबाट समायोजन भएका कर्मचारीले आर्थिक अधिकार नपाउने गरि परिपत्र गरेकाे थियाे। बुढिगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेमकाजी महर्जनले भने जिबिस तथा अन्य सेवाबाट समायोजन भएका कर्मचारीलाई आर्थिक अधिकार दिन नमिल्ने गरि पत्र प्राप्त भएको बताएका थिए। तर अहिले भने आर्थिक अधिकार पाँउने गरि पत्र आएकाे छ ।
नगरपालिकाको सञ्चीत खातामा दुर्गम क्षेत्र बिकासबाट समितिबाट आएका लेखा अधिकृत तिलक थापाका नाममा रहेको छ । बुढिगंगा नगरपालिका कहिले प्रमुख प्रशासकिय अधिकृत कहिले लेखापालको नाममा समय समयमा बिबादमा आउने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार