शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देश
  • बाजुरामा भिषण असिनापानी, अन्नवाली सखाप

बाजुरामा भिषण असिनापानी, अन्नवाली सखाप

  • बुधबार, बैशाख २४, २०७७
बाजुरामा भिषण असिनापानी, अन्नवाली सखाप

बाजुरा जिल्लामा बुधवार दिउसो भिषण असिनापानी परेको छ । असिनापानिले लगाएको अन्नवालीमा क्षति पुयाएको छ । पाक्न लागेको र पाकिसकेको गहुँ, जौ लगायत हिउँदेवाली नै सखाप पारेको छ ।
डेढ हप्ता देखी बाजुरामा असिना परिरहेको छ, बुधवार त धेरै आएको छ लगाएको सबै अन्नवाली सखाप पारेको बडिमालिका ८ का किसान हर्क बडुवालले वताएका छन् । अन्नवाली सँगै तरकारीमा पनि क्षति पुयाएको छ । पाक्ने बेला गहुँनै असिनाले लिएपछि किसानहरु चिन्तित भएका छन् ।


असिना पानीले बाजुराका अधिकांश भागमा पाक्न लागेको गहुँ, जौ फापर लगायतका अन्नबालीमा क्षति पुर्याएको बडिमालिका नगरपालिका वडा ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले वताएका छन् । असिनापानीले पाक्न लागेको गहुँजौ र फापर लगायतका बालिहरुमा क्षेती पुगेको छ । असिनापानीले गहुँ बाली नष्ट पारेपछि किसानहरु चिन्तित भएका छन् वडा अध्यक्ष पाध्यायले बताए । मेहनतले लगाएको खेती भित्र्याउने बेलामा असिनापानीले नष्ट पारेपछि कृषकहरु मारमा परेका छन् ।


एकातिर लकडाउनदे खाद्यन्न संकट भएको छ, लगाएको बालि बाट एक महिना भएपनि खान पुग्ने गरेको थियो, असिनाले सबै लगेपछि के खाने भन्ने चिन्ता भएको बुढिगंगा नगरपालिका १० का रण साउदले वताएका छन् । घाम लागेपछि दुईतिन दिनमै गहुँ टिपेर सक्ने थियौ, असिनाले सबै गहुँ लगेको उनले वताएका छन् । केही भाग त पहिला पनि लगेको थियो, तर बुधवार भने एकदाना नरहने गरि असिनाले लिएको किसानहरुले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार