
नेपाली सेनाका शुदुरपश्चिम प्रदेशका पृतनापति निर्मल कुमार थापाले बाजुरामा रहेका क्वारेनटाइन र आइसोलेसनको अनुगमन गरेका छन् । बाजुरामा कोभिड १९ तयारी र नेपाली सेनाको मार्तडी स्थित ब्यारेक अनुगमन गरेको नेपाली सेनाका मेजर रबिन श्रेष्ठले वताएका छन् । उनले अनुगमन सँगै आफु माथतका सैनिक र अन्य सरोकारवाल सँग छलफल समेत गरेका छन् ।

पृतनापति तथा उपरथि निर्मल कुमार थापा अनुगमनका क्रममा अछाम हुदै बाजुरा पुगेका छन् । बाजुरामा मालिका उमाबिमा रहेको क्वारेनटाइन अनुगमन तथा क्वारेनटाइनमा बसिरहेका सँग छलफल गरेका थिए । क्वारेनटाइनको ब्यबस्थापन र बसिरहेकाको अबस्थाका बारेमा थापाले जानकारी लिएको नेपाली सेनाले वताएको छ ।

पृतनापति थापाले जिल्ला अस्पताल बाजुरामा रहेको आइसोलेसन कक्षको अनुगमन समेत गरेका छन् । आइसोलेसनको ब्यबस्थापन सँगै अबस्थाका बारेमा र सेनाले यसमा खेल्ने भुमिकाका बारेमा छलफल गरेको अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् । अनुगमन सँगै छलफलमा अस्पताल बाजुराका अध्यक्ष भरत थापा, स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्त, अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्मा, जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख टंक प्रसाद भट्टराई, नेपाली सेनाका मेजर रबिन श्रेष्ठ पत्रकार महासंघ बाजुरा अध्यक्ष प्रकाश सिंहको सहभागिता रहेको थियो ।

बैशाख १ गते शुदुरपश्चिम प्रदेशका पृतनापतिको जिम्मेवारी पाएका थापाले अछाम र बाजुरामा रहेका सेनाका ब्यारेकको अनुगमन सँगै सैनिक सँग छलफल गरेका छन् । उनले कोभिड १९ मा सेनाको भुमिका र सेनाले गर्नु पर्ने कामका बारेमा प्रशिक्षण गरेको नेपाली सेनाले जनाएको छ ।


