• होमपेज
  • देश
  • मार्तडी-कोल्टि सडकमा थप ९८ करोडको ठेक्का

मार्तडी-कोल्टि सडकमा थप ९८ करोडको ठेक्का

मार्तडी देखी कोल्टि सम्म ४१ किलोमिटर सडक कालोपत्रे हुदै

  • सोमवार, बैशाख २२, २०७७
मार्तडी-कोल्टि सडकमा थप ९८ करोडको ठेक्का

मार्तडि कोल्टि सडक खण्डका लागि थप ९८ करोडको ठेक्का भएको छ । पुर्वाधार विकास कार्यलय अछामले ९८ करोड ७५ लाख १२ हजार रकमको ठेक्का निकालेको कार्यलय प्रमुख ईन्जिनियर जंग बहादुर थापाले बडिमालिका खबरलाइ बताएका छन् ।
यो आर्थिक बर्षमा संघ र प्रदेश बाट उक्क्त रकम बिनियोजन गरिएको छ । कार्यलयले आइतवार सार्वजनिक सुचना मार्फत ३० दिने ठेक्का खोलेको हो । अब मार्तडी कोल्टि सडक कालोपत्रेका लागि १ अरब ५७ करोड ७५ लाख १२ हजार रकम बिनियोजन भएको छ । मार्तडी देखी कोल्टि सम्म ४१ किलोमिटर कालोपत्रे गर्ने गरि यो रकम प्रदेश र संघ सरकार बाट बिनियोजन भएको प्रदेश सांसद बल्देब रेग्मिले वताएका छन् । मार्तडि काेल्टि सडक ३ बर्ष भित्र कालाेपत्रे गरिसक्ने याेजना रहेकाे छ ।
प्रदेश सरकारको बहुबर्षिय योजनामा परेको यो सडकमा १५ किलोमिटरको काम शुरु भइसकेको छ । १५ किलोमिटर कालोपत्रेका लागि प्रदेश सरकार बाट ५८ करोड बिनियोजन भएको थियो । सम्पुरक अनुदानको बजेट बाट यो आर्थिक बर्षमा संघ र प्रदेश बाट ९८ करोड ७५ लाख १२ हजार रकम बिनियोजन भएको छ । यो रकम ५० प्रतिशत संघ र ५० प्रतिशत प्रदेश सरकारको रहेको सांसद रेग्मिले वताएका छन् ।
१५ किलोमिटर काम शुरु भएर सडक चौडा बनाउने काम भइरहेको पुर्वाधार विकास कार्यलय अछामका प्रमुख जंग बहादुर थापाले वताएका छन् । मार्तडी देखी कोल्टि सम्म ४१ किलोमिटर बुढिनन्दा नगरपालिका २ कोल्टिगाँउ सम्म पुग्ने रहेको पुर्वाधार विकास कार्यलयले जनाएको छ ।
मार्तडी कोल्टि सडक खण्ड बिगत स्तरोउन्नती नहुँदा निकै सास्ति भोग्नु परेको थियो । बर्षातमा पुर्णरुपमा बन्द हुदै आएको थियो । अहिले ४१ किलोमिटरका लागि बजेट ब्यबस्थापन भइसकेको छ, हाम्ररो लक्ष्य पिलिचौर सम्म कालोपत्रेका बजेट ब्यबस्थापन गर्नका लागि पहल भइरहेको सासंद रेग्मिले वताएका छन् । यो सडक कालोपत्र भएमा बाजुराका उत्तरी क्षेत्रका चारवटा स्थानिय तह, हुम्ला, मुगुका बासिन्दालाई निकै सहज हुने नागरिक अगुवा प्रदिप राज जैशीले वताएका छन् ।
बिगतमा ४१ किलोमिटरमा ३५ करोड भन्दा बढि खर्च भइसकेको थियो । तर सड्क खण्डमा गाडि तानेर यात्रुहरु यात्रा गर्न बाध्य भएका छन् । अबस्थित सड्क र खाल्डा खुल्डीका कारण जोखिम रुपमा यातायात सञ्चालनमा हुने गरेको चालकले वताएका छन् । सबै भन्दा अफ्ठयारो बडिमालिका नगरपालिका मार्तडी देखी पोरखे सम्म रहेको गाडि सञ्चालकले वताएका छन् ।
२०५६ सालमा निर्माण कार्य शूरु भएको मार्तडी–कोल्टि सड्क निर्माण भएको २० बर्ष सम्म पनि पुरा हुन सकेको थिएन् । यो बजेटले भने तिन बर्ष पछि सधै गाडि चल्ने हुने भएको छ । १६ बर्ष सम्म ३५ करोड भन्दा बढि खर्च भईसकेको भएपनि सामान्य बाटो खुल्ने काम पनि पुरा नभएको स्थानिय बासिले वताएका छन् । जसका कारण यातायात गर्न असहज भएको छ । २०५६ फाल्गुण ७ गते तत्कालिन जिल्ला सभापति लाल बहादुर थापाले उक्त सड्कको शिलन्यास गरेका थिए । शिलन्यासका बेला २०६० सम्म कोल्टिमा गाडि पुयाईसक्ने लक्ष्य राखेको थियो ।
कामका लागि खाद्यन्न कार्यक्रम बाट २७ करोड ४० लाख, जिविस बाजुरा बाट ८ लाख, कर्णाली वरीपरीको कार्यक्रम बाट ३६ लाख र उत्तरी क्षेत्रका गाबिस बाट २१ लाख र सड्क बिभाग बाट ५ करोड गरि ३३ करोड ५४ लाख ५ हजार, बडिमालिका नगरपालिका बुढिन्नदा नगरपालिका बाट १ करोड भन्दा बढि खर्च भइसकेको छ । रकम करोडौ खर्च भईसकेको छ, एकातिर मनोमानी तरीका बाट सड्क निर्माण भएको छ भने अर्कोतिर सड्क पुरा हुन नसकेको नागरिक समाजका अगुवा प्रदिपराज जैशीले वताए । यो सड्कमा अनियमित भएको पटक पटक गुनासो आईरहेको उनले वताए ।

चर्चामा

सम्बन्धित समाचार