शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रदेश ५
  • नेपालगञ्जमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण देखि

नेपालगञ्जमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण देखि

  • आइतवार, बैशाख २१, २०७७
नेपालगञ्जमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण देखि

काठमाडौं- नेपालगञ्जमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालगञ्जमा संक्रमितको संख्या १६ पुगेको छ भने नेपालभरमा ७५ पुगेको छ।

प्रयोगशाला परीक्षणका क्रममा नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

आइतबार मात्र नेपालगञ्जमा ९ जनामा कोरोना देखिएको थियो। शुक्रबार नेपालगञ्जमा एक जनामा कोरोना देखिएको थियो।

शुक्रबार संक्रमण देखिएका व्यक्तिकै सम्पर्कमा आएका व्यक्तिहरुमा कोरोना देखिएको बताइएको छ।

संक्रमितको उपचारका लागि खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा कोभिड१९ अस्पताल तयार गरिएको छ।

आइतबार पर्सामा नै एक जनामा कोरोना देखिएको छ। नेपालगञ्जका १५ र पर्साका १ सहित आइतबार नेपालमा १६ जना संक्रमित थपिएको छ।

चर्चामा

सम्बन्धित समाचार