• होमपेज
  • देश
  • ३५ दिन भारतमा क्वारेन्टाइन बसेपछि आफ्नो घर पुग्दै

३५ दिन भारतमा क्वारेन्टाइन बसेपछि आफ्नो घर पुग्दै

  • शनिबार, बैशाख २०, २०७७
३५ दिन भारतमा क्वारेन्टाइन बसेपछि आफ्नो घर पुग्दै

बाजुरा, २० बैशाख
हुम्लाको अदानचुलि गाँउपालिका २ का आइते कटुवाल भारतको धारचुल्लामा ३५ दिन क्वारेनटाइनमा बसेपछि बल्ल आफ्नो घर पुग्ने भएका छन् । उनलाइ भारत सरकारले बिहिवार छोडेपछि दार्चुल्लाको नाका बाट नेपाल आएको हुन् । बाजुरा हुदै जुम्ला जानलागेको आइते कटुवालले भने नेपालमा लकडाउन भएको एकदुइदिनमा बोडर पुगेको हु, नेपाल आउन दिएनन्, उतै पिथौरागडमा ३५ दिन क्वारेनटाइनमा बसेपछि बल्ल नेपाल प्रबेश पाएको बताए ।


आइतले खुशी हुदै भने मंगलवार सम्म घर पुग्ने हु, भोक भोकै भएपनि घर पुग्न पाँउदा खुशी भएको वताएका छन्, बाटोमा कतै खाना पाइदैन चाउचाउ खाएर घर पुग्ने रहेको वताए । उनि सँग जुम्लाका मात्र ३० जना रहेका छन्, सबै जना भारतमा क्वारेनटाइनमा बसेर नेपाल प्रबेश पाएका हुन् । भारतमा क्वारेनटाइनमा बसेकालाई सरकारले दार्चुल्लाको नाकमा प्रबेश गरेपछि बाजुरा, हुम्ला, मुगु र जुम्लाका १ सय जना शनिवार बाजुराको सदरमुकाम मार्तडीमा पुगेका छन् ।


हुम्लाका ३० जना, जुम्लाका १९ जना, मुगुका ३० जना र बाजुराका १३ जना भारतको धारचुल्ला क्वारेनटाइनमा बसेर आफ्नो घर आएका छन् । बाजुराका १३ जनालाई सम्बन्धि स्थानिय तहले क्वारेनटाइनमा राखेको बाजुरा प्रहरी प्रमुख टंक प्रसाद भट्टराईले वताएका छन् । हुम्ला, मुगु र जुम्लाकालाई मार्तडी बाट गाडि मार्फत पठाईएको बताएका छन् । घर पुगेपछि सबैले क्वारेनटाइन बस्नु पर्ने भएको छ ।
आफ्नो देशमा टेक्दा पनि खुसी छौ, घर पुग्न अझै समय लाग्ने मुगुको सोरु गाँउपालिका ९ का गुम्वा योगिले वताएका छन् । कामका लागि भारतको सिम्लेपहाड गएको उता पनि लकडाउनले काम नपाउने भएपनि नेपाल आउन लागेको थिए । तर सिमानामा पुगेपछि प्रबेश नपाएपछि उतै क्वारेनटाइनमा बसेर आएको वताए ।

लकडाउनका कारण दुवैतर्फका सीमा बन्द भएको बेला भारतीय क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई एक महिनापछि उद्धार गरि घर पठाएको थियो । महाकालीपारि धार्चुलाको क्वारेन्टिनमा रहेका नेपालीहरू स्वदेश फर्किएपछि खुसी भएका छन् । बाजुराको जगन्नाथ गाँउपालिका १ का जय बिष्टले भने पुषमा कामका लागि भारत गएको थिए । कमाई पनि केही भएन्, धारचुल्लामा क्वारेनटाइनमा बसेर आएको बताए । नेपाल आएपछि पनि एक छाक मात्र खाएर घर जानलागेको बाजुराको सदरमुकाम मार्तडी पुगेका जयले वताए ।

चर्चामा

सम्बन्धित समाचार