शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा कोबिट १९ को स्वाव संकलन केन्द्रको स्थापना

बाजुरामा कोबिट १९ को स्वाव संकलन केन्द्रको स्थापना

  • शनिबार, बैशाख २०, २०७७
बाजुरामा कोबिट १९ को स्वाव संकलन केन्द्रको स्थापना

लक्ष्मीराज पाध्याय — बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा कोरोना भाइरसको स्वाव संकलन केन्द्रका स्थपना गरिएको छ । स्वास्थ्यकर्मीको सुरक्षालाई मध्यनजर गर्दै नेपाल ईन्जीनियर यसोसियनको सहयोगमा केन्द्रको स्थपाना गरिएको हो । जिल्लाकाे सदरमुकाममा काेराेना भाइरसका संक्रमितहरूका लागि बनाइएकाे अाइसाेलशनलाइ मध्यनजर गरि स्वाव संकलन केन्द्रकाे स्थापना गरिएकाे जिल्ला अस्पताल बाजुराले जनाएकाे छ ।
सुदुर पश्चिममा एकै पटक आएका ३२ जना डाक्टरहरु मध्य डाक्टर मोहन नाथ र डाक्टर क्षितीज साप्कोटाको बिषेश पहल तथा नेपा ईन्जीनियर यसोसियनको आर्थिक सहयोगमा जिल्लाको सदरमुकाममा स्वाव संकलन केन्द्रको स्थपना गरिएको कोबिट १९ को रोकथाम तथा नियन्त्रणका लागि बाजुरा आएका डाक्टर क्षितिज साप्कोटाले बताए ।
इन्जीनियर यसोसियनको पहिलो लक्ष्य उदयपुरमा थियो तर दुर्गम जिल्ला भनेर चिनीएको बाजुरामा पनी हामीले सहयोग गर्नुपर्छ भन्ने उदेस्यका साथ बाजुरामा स्वावको नमुना संकलन केन्द्र बनाएको नेपाल ईन्जीनियर यसोसियनका सचिव इन्जीनीयर शुभराज न्यौपानेले बताए ।
रोग नियन्त्रण तथा रोकथामका लागि एक्लै सरकारको भन्दा पनी सबैको साझा काम भएकोले नेपालमा कहा के गर्न सकिन्छ भन्ने छलफल पछि दुर्गम बाजुरा र कोरोनाको भयबित क्षेत्र उदयपुर जिल्लामा स्वाव संकलन नमुना केन्द्र बनाइएको इन्जीनीयर न्यौपानेले बताए ।
देशभर रहेका इन्जीनियरहरुले रकम संकलन गरी उदयपुर जिल्लामा र बाजुरामा कोबिट १९ को स्वावको नमुना संकलन केन्द्र बनाएको इन्जीनियर न्यौपानेको भनाई रहेको छ । सदुर पश्चिम बिश्व बिद्यालय अन्तगत भोलिन्टर बिद्याथीहरुले सो संकलन केन्द्रको निर्माण कार्य गरेको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र बिश्वकर्माले बताएका छन् ।
यसरी निर्माण गरिएको स्वाव संकलन केन्द्रमा काम गर्ने स्वास्थ्य कर्मीहरुका लागि पिपिइ सेट मध्य गोलब्स ( पन्जा) बाहेक अरु सेटको आबस्यकता नहुने जिल्ला अस्पताल बाजुराले जनाएको छ । सो संकलन केन्द्र बनाउन पहल गर्ने कोरोना भाइरस रोग नियन्त्रण तथा रोकथामका लागि बाजुरामा आएका डाक्टर मोहन नाथ र डाक्टर क्षितिज साप्कोटाको टिमलाई जिल्ला अस्पताल बाजुराले धन्यबाद समेत ब्यक्त गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार