बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • देश
  • बझाङमा घरमै पुगेर उपचार सेवा प्रवाह

बझाङमा घरमै पुगेर उपचार सेवा प्रवाह

  • शुक्रबार, बैशाख १९, २०७७
बझाङमा घरमै पुगेर उपचार सेवा प्रवाह

बझाङ : बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १० ले यहाँका स्थानीय वासीहरुलाई घरघरमा पुगेर स्वास्थ्य उपचार गर्नुका साथै निःशुल्क रुपमा औषधिवितरण गर्न थालेको छ। लकडाउनको समयमा विरामी हुँदा बाहिर निस्किन नपाउने भएपछि वडा अध्यक्ष दलबहादुर विष्टको नेतृत्वमा स्वास्थ्यकर्मी सहितको टोली स्थानीयको घरमै पुगेर स्वास्थ्य चेकजाँच तथा उपचार सेवा प्रवाह गरिरहेका हुन।

टोलीले वडाभित्र रहेका दम्दुर, खैरा, चैनपुर, कुलालीगाँउ, कुचा, मादुकात्ने लगायतका गाँउ बस्तीमा र स्वास्थ्य उपचारका साथै कोरोना रोकथामका लागि सचेतना समेत जगाइरहेको छ।  ‘पाडेशैन घर भएका जंगबहादुर बुढा पखाला लागेर तिन दिनदेखि घरबाट आउन नसकेका रहेछन्’ चैनपुर स्वास्थ्य चौकीका प्रमुख ललीत कुमार खत्रीले भने ‘उनको उपचार सलाईनपानी चढाएर घरमै गरिएको हो।’ उनी जस्तै पाडेशैनका अन्य गम्भिर तिनजना विरामीलाई पनि सलाईनपानी चढाएर उपचार गरेको खत्रीले बताए। स्वास्थ्यकर्मीहरुको टोलीले गाँउमा रहेका बालबालीका, गर्भवती महिला, दमका रोगीको स्वास्थ्य चेकजाँच तथा औषधि वितरण गर्नुका साथै कोरोनाबाट सचेत हुन विभिन्न उपाय तथा परामर्श दिइरहेका छन्।

नेपाल सरकारको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि वडामा एकिकृत समुह परिचालन गर्ने परिपत्रअनुसार आफुहरु स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सहित गाँउबस्तीमा पुिगरहेको वडा अध्यक्ष दलबहादुर विष्टले बताए। उनले भने ‘हाम्रो टोलीले गाँउलेहरुको गुनासो बुझीविस्तार गर्नुका साथै राहत पाए–नपाएको तथा जनताका समस्याहरु पहिचानगरी सहयोग गरिरहेको छ।’ घरमा नै सेवासुविधा पाएपछि सिहँदरबारको अधिकार गाँउगाँउमा पुगेको अनुभुति आफुहरुलाई भएको स्थानीयले बताएका छन्।
दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार