सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • देश
  • बहराइनमा थप ३१ नेपालीमा कोरोना संक्रमण

बहराइनमा थप ३१ नेपालीमा कोरोना संक्रमण

  • शुक्रबार, बैशाख १९, २०७७
बहराइनमा थप ३१ नेपालीमा कोरोना संक्रमण

काठमाडौं- बहराइनमा बिहीबार थप ३१ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै संक्रमित नेपालीको जम्मा संख्या १ सय ५७ पुगेको छ। बहराइनस्थित नेपाली दूतावासकाअनुसार मंगलबार मात्रै ७७ नेपालीमा कोरोना पुष्टि भएको थियो।

पछिल्लो समय बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या बढ्दै गइरहेको छ। सानो मुलुक बहराइनमा एउटै फ्लाटमा ठूलो संख्यामा आप्रवासी श्रमिकहरु राखिएको हुँदा कोरोना संक्रमित नेपालीहरुको संख्या बढ्दै गएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बताए।

‘एउटै फ्लाटमा ४ सयदेखि ५ सय श्रमिकहरु राखिएका छन्, जसले गर्दा त्यहाँ सँगै बस्ने एकजनामा कोरोना देखियो भने बाँकी अरुलाई पनि कोरोना संक्रमण भइरहेको अबस्था छ’, राजदूत सुन्दासले भने।

बहराइनमा कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको छ। संक्रमितहरुमा आप्रवासी श्रमिकहरु बढी छन्।

हालसम्म बहराइनमा तीन हजारभन्दा बढीमा कोरोना संक्रमण भएको छ। ८ जनाको कोरोनाका कारण ज्यान गएको छ भने १ हजार ५ सय निको भएका छन्।

चर्चामा

सम्बन्धित समाचार