बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • मज्दुरको छाति माथि टेकेर सिखर पुग्ने हरु

मज्दुरको छाति माथि टेकेर सिखर पुग्ने हरु

  • शुक्रबार, बैशाख १९, २०७७
मज्दुरको छाति माथि टेकेर सिखर पुग्ने हरु

गजल!
बिजुली बत्ति बनाउँनेहरु अन्धकार मा छन,
बञ्जर जमिन जोत्नेहरु नै हेर मार मा छन।

मज्दुरको छाति माथि टेकेर सिखर पुग्ने हरु,
आकाश को जुन र तारा छोप्न हतार मा छन।

संसार लाई सिङ्गार्नेहरु को दुनियाँ बिरोनो छ,
उनि दुनियानै बद्ल्न लड्ने आरपार मा छन।

बहुसंख्याक श्रमजिविहरु यो धर्ति आकाशमै,
मुट्ठि भर सोशक हरुको सामु लाचार मा छन।

आज त्यो महान दिनको महत्व झन बढेकोछ,
किन कि झन ठुलो आन्दोनको शंघार मा छन।

आउ कुल्लि कर्मि किसान ज्यामि मिलेर लडौँ,
किनारा पुग्ने जो समुन्दरकै माज धार मा छन।
सुरेशकुमार पान्डे।
१-५-२०२०,

चर्चामा

सम्बन्धित समाचार