शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • समाज
  • दार्चुलाका दुई नाका भएर ११ सय बढि भित्रिए, उद्धार जारी

दार्चुलाका दुई नाका भएर ११ सय बढि भित्रिए, उद्धार जारी

  • बिहिबार, बैशाख १८, २०७७
दार्चुलाका दुई नाका भएर ११ सय बढि भित्रिए, उद्धार जारी

दार्चुला–  एक महिनादेखि भारतको पिथौरागढस्थित धार्चुलाका क्वारेन्टाइनमा रहेका नेपाली मजदुरको उद्धार अझै जारी छ। क्वारेन्टाइन अवधि सकिए पनि नेपाल प्रवेको अनुमती नपाउँदा समस्यामा परेका उनीहरुको आज बिहानैदेखि उद्धार भईरहेको हो। दिउसो साढे १ बजे सम्म दार्चुलाका दुई वटा नाका भएर एक हजार एक सय २५ जना दार्चुला भित्रिएका छन्।

बैतडी, बझांङका नागरिकलाई दत्तु नाका भएर प्रवेश गराईएको हो भने दार्चुला लगायत अन्य जिल्लाकालाई खलंगा नाका भएर प्रवेश दिईएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए। उनका अनुसार उद्धारको क्रम साँझ ६ बजे सम्म जारी रहनेछ।

क्वारेन्टाईनमा राखिएकाहरुको उद्धार सुरु भएपछि भारतमा रहेका अन्य नेपाली पनि आज फर्किन थालेका छन्। धारचुला र आसपासको क्षेत्रमा काम गर्दै आएका नेपालीहरु धमाधम फर्किन थालेका हुन्।

आज बैतडीको झुलाघाट नाका भएर पनि प्रवेशमा अनुमती दिईएको छ। उद्धारपछि उनीहरुलाई सम्बन्धित स्थानीय तहमा पठाउन समेत थालिएको छ। सम्बन्धित स्थानीय तहका क्वारेन्टाइनमा राख्ने गरी पठाउने रणनीति बनाइएको स्थानीय प्रशासनले जनाएको छ। दिनेश खवर 

चर्चामा

सम्बन्धित समाचार