• होमपेज
  • स्वामिकार्तिक खापर
  • जिल्ला वाहिर अलपत्र अवस्थामा रहेका स्थानियलाई आर्थिक सहयोग

जिल्ला वाहिर अलपत्र अवस्थामा रहेका स्थानियलाई आर्थिक सहयोग

  • बिहिबार, बैशाख १८, २०७७
जिल्ला वाहिर अलपत्र अवस्थामा रहेका स्थानियलाई आर्थिक सहयोग

जीवन कैला– बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले जिल्ला वाहिर अलपत्र अवस्थामा रहेका स्थानियलाई आर्थिक रकम सहयोग गर्ने भएको छ । कोरोना भाईरस समन्वय समिति स्वामीकार्तिक खापर गाउँपालिकाको बैठकले लकडाउनका कारण जिल्ला वाहिर अलपत्र अवस्थामा रहेका विद्यार्थि, श्रमिक, दैनिक ज्याला दारी गरी खाने र औषधि उपचार गर्न गएका विरामीलाई राहात स्वरुप आर्थिक सहयोग गर्ने निर्णय गरेको निमित्त प्रमुख प्रशासकिय अधिकृत कुमेर बहादुर शाहीले बताए । अध्ययन अध्यापनका लागि काठमाण्डौं, धनगढी, नेपालगञ्ज लगायतका विभिन्न शहरमा गएका विद्यार्थि, ज्यादा मजदुरीका लागि गएका श्रमिक र औषधि उपचारका लागि गएका विरामीहरुलाई तत्काल आर्थिक रकम उपलब्ध गराउने निर्णय भएको निमित्त प्रमुख प्रशासकिय अधिकृत शाहीले बताए।

कामको शिलशिलामा विभिन्न शहरमा गएका र वन्दावन्दिका कारण खान, वस्न र औषधि उपचारका लागि समस्यामा परेका स्थानियको लगत संकलन गरी प्रति विद्यार्थिलाई २ हजार, श्रमिक वर्गलाई २ हजार ५ सय र विरामीलाई ३ हजारका दरले गाउँपालिकाको आन्तरीक स्रोत बाट राहात स्वरुप आर्थिक रकम उपलब्ध गराउने गाँउपालिकाका अध्यक्ष चीरन्जीवी शाहीले बताउनुभएको छ । लकडाउनका कारण उद्धारमा समस्या भएको बताउदै गाँउपालिकाका अध्यक्ष शाहीले जुन ब्यक्ति जहाँ छ, तेहि राहात उपलब्ध हुने गरी प्रवन्ध मिलाई सकेकाले स्थानियलाई सम्वन्धित ठाँउमा वस्न आग्रह समेत गरेका छन ।

जिल्ला वाहिर विभिन्न समस्यामा रहेका स्थानियको लगत संकलन भए पश्चात केहि दिन भित्रै राहात पाउने गरी बैङक मार्फत सम्वन्धित ब्यक्तिको नाममा पौँसा पठाईने उहाँले बताउनुभयो । गत वैशाख ११ गते बसेको स्वामीकार्तिक खापर गाउँ कार्यपालिकाको बैठकले जिल्ला वाहिर रहेका स्थानियहरुको लगत संकलन गरी आवश्यक उद्धार गर्ने निर्णय गरेको भएता पनि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय बाजुराको निर्णय अनुसार हाल उनिहरु जहाँ छन तेहिँ बस्नका लागि प्रेरीत गरीएको छ ।

लकडाउन लम्विदै गैरहेको अवस्थामा समस्या परेको खण्डमा तत्काल उनिहरुलाई आवश्यक सहयोग गर्ने गाउँपालिकाले जनाएको छ । गत वैशाख १४ गते देखि हाल सम्म ५ सय ५० बढि स्थानियको लगत संकलन गरी गाउँपालिकामा बुझाईएको बताईएको छ । जिल्ला वाहिर विभिन्न समस्यामा परेका नागरीकको नामावली संकलन गरी गाउँपालिकाका अध्यक्ष शाहीलाई बुझाईएको त्रिचन्द क्याम्पसका विद्यार्थि नेता विकाश जङ्ग शाहीले बताए ।

छुटफुट भएका केहि ब्यक्तिहरुको डाटा संकलनमा सजिलो बनाउने उद्देश्यले सम्वन्धित ठाँउका लागि सम्वन्धित ब्यक्तिहरु तोकिएको पनि उहाँले बताउनुभएको छ । धनगढिमा अलपत्र अवस्था रहेका नागरीकका लागि देवेन्द्र शाही, नेपालगञ्ज, सुर्खेत र काठमाण्डांै लगायतका ठाउँका लागि दिनेश धामी, अनोज शाही र धर्मेन्द्र बुढालाई सम्पर्क ब्यक्ति तोकेकोे स्वामीकार्तिक खापर गाउँपालिकाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार