शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • देश
  • बाजुराको त्रिशक्क्ति क्वारेनटाइनमा बसेकालाई म्याद सकिएको चामल बितरण

बाजुराको त्रिशक्क्ति क्वारेनटाइनमा बसेकालाई म्याद सकिएको चामल बितरण

  • बिहिबार, बैशाख १८, २०७७
बाजुराको त्रिशक्क्ति क्वारेनटाइनमा बसेकालाई म्याद सकिएको चामल बितरण

प्रकाश सिंह
बाजुराको त्रिशक्क्ति क्वारेनटाइनमा बसेकालाई म्याद सकिएको चामल दिएको पाईएको छ । चामलको मिति सन २०१७ को दोस्रो महिना उत्पादन मिति रहेको छ । उत्पादन भएको १ बर्ष सम्म म्याद भएपनि त्रिशक्क्ती क्वारेनटाइनमा भने अहिले उक्क्त चामल खानलाई दिएको क्वारेनटाइनमा बसेका शिक्षक हिरेन्द्र कुवरले वताएका छन् । आफुहरु बसेको १२ दिन भयो तर त्यहि चामल खाइरहेका रहेछौ, बल्ल थाहा पायौ कुवरले वताए ।
म्याद सकिएको चामल दिएको रहेछ, दुईतिन जना त खाना खाने बितिकै बान्ता गरेको क्वारेनटाइनमा बसेका अर्का दिनेश जोशीले वताएका छन् । पकाउदा पनि भात कालो भएको उनले वताएका छन् । पछि चामल हेर्दा त मिति सकिएको पाईएको छ । हिरेन्द्र कुवरले भने हामी त सधै खाइरहेका थियौ, तर म्याद हेरनौ पछि क्वारेनटाइनमा बस्न अर्को समुह आएपछि उनिहरुले हेरेपछि मात्र थाहा पाएको वताएका छन् । हामि मंगलवार साँझ आएका थियौ, चामल दियो, त्यो बेला मिति हेरेनौ, चामल खाने बितिकै दुई तिन जनाले बान्ता गरेका थिए, बिहाना हेर्दा त मिति सकिएको चामल दिएको थाहा पाएको दिनेश जोशीले वताएका छन् । केही चामलमा भने २०१७ को मिति लेखिएको भएपनि मार्करले २०२० लेखिएको पाईएको छ ।
वडा अध्यक्ष भरत थापा भने चामल म्याद सकिएको स्वीकार गरेका छन् । हामिले सुनिल बानियाँ बाट चामल खरिद गरेका हौ, मिति हेरनौ पछि क्वरोनटाइनमा बस्नेले थाहा पाएपछि मिति सकिएको पाईएको थापाले वताएका छन् । मिति सकिएको थाहा पाँउने बितिकै चामल फिर्ता गरेर नयाँ चामल दिएको थापाले वताएका छन् । ब्यापारि सुनिल बानियाले पनि बेतालमाण्डौ रहेका ब्यापारि मान बहादुर धामि बाट खरिद गरेर ल्याएको वडा अध्यक्षले वताएका छन् ।
नगरपालिका नगरप्रमुख दिपक बिक्रम शाहले भने म्याद सकिएको पाईएको बताएका छन् । यसरी कालोबजारी गर्नेलाई कार्यवाहि गर्ने वताएका छन् । प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले यो बारेमा कुनै जानकारी नभएको बताएका छन् । क्वारेनटाइनको अनुगमन गर्नुपर्ने भएपनि बाजुरा कुनै पनि क्वारेनटाइन अनुगमन भएका छैनन् । जिल्लामा १८ क्वारेनटाइनमा २ सय ३९ जना बसिरहेका छन्, तर अधिकांश क्वारेनटाइनमा ब्यबस्थापन नभएको पाईएको छ ।

चर्चामा

सम्बन्धित समाचार