बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • समाज
  • डोटीमा राहत वितरणका क्रममा विवाद हुँदा वडाध्यक्ष कुटिए

डोटीमा राहत वितरणका क्रममा विवाद हुँदा वडाध्यक्ष कुटिए

  • बुधबार, बैशाख १७, २०७७
डोटीमा राहत वितरणका क्रममा विवाद हुँदा वडाध्यक्ष कुटिए

डोटी : डोटीमा राहत वितरणका क्रममा विवाद हुँदा वडाध्यक्षमाथि कुटपिट भएको छ। जिल्लाको केआईसिंह गाउँपालिका– ४ का वडाध्यक्ष जयबहादुर धामीमाथि कुटपिट भएको हो।

कुटपिटबाट बेहोस भएका धामीको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ। कुटपिटका क्रममा अध्यक्ष धामी बेहोस भएपछि उनलाई उपचारका लागि अस्पताल पुर्याइएको हो। ‘बिहानैदेखि भोकभोकै राहत वितरणमा खटिएको थिए, नाम छुटेकालाई चिन्ता नगर्नुस घरखेत बेचेर भएपनि दिउँला भनिरहेकै थिएँ’, घाइते वडाध्यक्ष धामीले भने, ‘केही परिवारलाई उक्साएर राहत पाउनु पर्छ भन्दै ममाथि आक्रमण भयो।’ कुटपिटमा संलग्न ४ जनालाई  भने प्रहरीले पक्राउ गरेको दुर्गामाण्डौ प्रहरी इन्चार्ज भाष्करराज पन्तले जानकारी दिए। साभार

चर्चामा

सम्बन्धित समाचार