बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • गरिबको जिवन पसिनाको भल भएको छ (गजल)

गरिबको जिवन पसिनाको भल भएको छ (गजल)

  • बुधबार, बैशाख १७, २०७७
गरिबको जिवन पसिनाको भल भएको छ (गजल)

गरिबको जिवन पसिनाको भल भएको छ,
धनिले खेल्न को लागि फुट बल भएकोछ।

कसरि पार लाग्ने यो माझधार बाट मज्दुर,
जता ततै जिन्दगी हेरन दल दल भएकोछ।

हेर संसार भरीका मज्दुर लाई पुस्तौँ पुष्ता,
बाँच्न पनि धनिको निर्देश अटल भएकोछ।

सुःख र शन्तोष के हो थाहाछैन गरिब लाई,
मात्र उन्को सोशण दिनौ हर पल भएकोछ।

गरिब लाई लिश्नो बनाएर सिखरमा पुग्छन,
सदै भरी त्यहि लिश्नोलाई नै छल भएकोछ।

आजिवन तन मन खियाउँने श्रमजिवि तर,
उनैको जिन्दगी सदियौँ असफल भएकोछ।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार