• होमपेज
  • बुढीगंगा
  • नेकपाका वडा अध्यक्षद्धारा उपप्रमुखलाई कार्बाहीको माग ( ज्ञापन पत्र सहित)

नेकपाका वडा अध्यक्षद्धारा उपप्रमुखलाई कार्बाहीको माग ( ज्ञापन पत्र सहित)

  • बुधबार, बैशाख १७, २०७७
नेकपाका वडा अध्यक्षद्धारा उपप्रमुखलाई कार्बाहीको माग ( ज्ञापन पत्र सहित)

बाजुरा — बुढिगंगा नगरपालिकाका नेकपा समर्थक वडा अध्यक्ष र कार्यपालिका सदस्यद्धारा उपप्रमुखलाई कार्बाहीको माग गरेका छन् । नगरप्रमुख लाइ बुझाएकाे ज्ञापन पत्रमा साे कुरा उल्लेख गरिएकाे छ । बुढिगंगा नगरपालिकाका ६ जना वडाअध्यक्षहरुले नगरपालिकामा आफ्नो कामका सुनुवाइ नभएको भन्दै राजिनामाको माग समेत गरेका छन । आफुहरुले गरेको मागको कुनै सुनवाइ नगरे वडा अध्यक्ष र कार्यपालिकाका सदस्य सबै राजिनामा दिने बताएका छन् । बुढिगंगा नगरपालिकाका नेकपा समर्थक ६ जना वडा अध्यक्ष र कार्यपालिका सदस्यले नगरपालिकाका नगरप्रमुखलाई १५ बुदे ज्ञापन पत्र बुझाउदै कार्यपालिकाको बैठक बहिस्कार गर्ने बताएका छन् । बुढिगंगा नगरपालिकाका वडा न २,३,५,६,९ र १० का वडाअध्यक्ष लगायत कार्यपालिका सदस्य गरि १३ जनाको हस्ताक्षेरी ज्ञापन पत्रमा बिभिन्न माग राख्दै १५ बुदे ज्ञापन पत्र बुझाएका छन् ।
२०७७ बैसाख ७ गते नगरप्रमुख समक्ष ज्ञापन पत्र र प्रमुख प्रशासकिय अधिकृतलाई पेश गरेको ध्यानाकर्षण नभएको भन्दै ६ जना नेकपा समर्थक वडाअध्यक्षले ज्ञापन पत्र दिएको कार्यपालिका सदस्य माया शाहले बताएकी छन् । आफुहरुले बुझाएको ज्ञापन पत्र र ध्यानाकर्षण पत्रको अबेज्ञा गरेको भन्दै बिभिन्न माग सहित ज्ञापन पत्र बुझाएको शाहको भनाइ रहेको छ । ज्ञापन पत्रमा यदि हाम्रा मागहरुको सम्बोद्धन नभए नगरप्रमुख समक्ष राजिनामा दिने समेत बताएको छ ।
मन्त्रालयको सचिवस्तरको बैठक मिति २०७६ जेठ ७ गते गरेको निर्णय र प्रमुख प्रशासकिय अधिकृत नया परिपत्र अनुसार खाता संचालन गर्ने अन्यथा मान्य नहुने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । लोक सेवा आयोगबाट कर्मचारी पदपुर्ती भइसकेपछि म्याद थप नगरी करार कर्मचारको तलव भुक्तानी गरेकोले यस बिषयमा कानुन बमोजिम कार्बाहीको माग गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । उपप्रमुखले प्रशासन शाखा प्रम्ुख नरेन्द्र नाथको नाममा परिपत्र भएको भए पनी कार्यालयको छाप र लेटर चलाउन रोक लगाएको र स्पस्टीकरण सोधीएकोले उपप्रमुखलाई कार्बाहीको माग सहित १५ बु्दे ज्ञापन पत्र बुझाएको छ ।
कार्यपालिका सदस्या माया शाह, मनादेवी सेराला र वडाअध्यक्ष भरत बहादुर थापा, खडक अधिकारी, हिरालाल थापा,धर्मराज जैशी गणेश बहादुर थापा केश बहादुर थापा गणेश बहादुर सुनार लगायत १३ जनाको सयुक्तरुपमा हस्ताक्षेर गरि नगर प्रमुख दिपक बिक्रम शाहलाई ज्ञापन पज्ञ बुझाएको कार्यपालिका सदस्य माया शाहले बताएकी छन् ।

 

चर्चामा

सम्बन्धित समाचार