शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • देश
  • भाडा तिर्ने पैशा नभएपछी बाजुरा बाट हिडेर कैलालीको यात्रामा

भाडा तिर्ने पैशा नभएपछी बाजुरा बाट हिडेर कैलालीको यात्रामा

  • बुधबार, बैशाख १७, २०७७
भाडा तिर्ने पैशा नभएपछी बाजुरा बाट हिडेर कैलालीको यात्रामा

सरकारले लकडाउनको समय बढाउदै गएपछि पछिल्लो समय घर फर्कनेहरु बढिरहेका छन् । बाजुरा जिल्ला भित्रिने र बाहिर जाने क्रम बढिरहेको छ । बाजुरामा ज्याला मजदुरी तथा कामका लागि आएकाहरु पनि जिल्ला बाहिर गईरहेका छन् ।
गाडिभाडा तिर्नका लागि पैशा नभएपछि कैलालीका १४ जना बाजुरा बाट हिडेर कैलाली हिडेका छन् । सदरमुकाम मार्तडीमा रहेका बिभिन्न विकासे आयोजनामा काम गर्न आएका कैलालीका बिभिन्न स्थानिय तहका १४ जना भने हिडेर कैलाली लागेको कैलालीको बडदगरिया गाँउपालिका बिरेन्द्र कठायतले वताएका छन् । आफुहरु सँग एकजना सँग ३ सय सम्म पनि पैशा नभएपछि चाउचाउ खाएर भएपनि घर गएको उनले वताएका छन् ।
सोमबार राति बाजुरा बाट कैलालीका लागि हिडेको बुधवार दिउसो अछाम र बाजुराको सिमाना पुगेको बताएका छन् । राति १ घण्टा बाटोमा आराम गर्ने गरेका छौ, रातदिन लगाएर हिडिरहेको बिरेन्द्रले वताएका छन् । बाजुरामा प्रमुख जिल्ला अधिकारीलाई पास माग्दा गाडि खोज्नुहोस पास दिन्छु भनेको हो, गाडि रिजर्भ गर्नका लाई पैशा नभएपछि हिडेर कैलाली घर गएको उनिहरुले वताएका छन् । खल्तिमा एकजनाको अहिले दुई तिन सय भन्दा बढि नरहेको भोक भोकै भएपनि घर पुग्ने गरि गएको उनिहरुले वताएका छन् । अछाम पुगिसकेपछि बाजुरामा मान्छे पुयाएर आएको बस फिर्ता गएको तर प्रहरीले पास बिना गाडिमा चढन नदिएको उनिहरुले वताएका छन् ।
प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले पास बनाईदिन्छु, भनेको हो उनिहरुले पैशा नभएको भनेपछि उनिहरु हिडेर गएको वताएका छन् । आफुल त भनेको हु कोही गाडि आएमा त्यसैमा हालेर पठाईदिन्छु भनेको हो पैशा छैन्, भनेपछि उनिहरु गएको न्यौपानेले थपे । उनिहरुले भने भएको पैशा अहिले सम्म खाएर सकियो, घर जानलाई कसैले सहयोग नगरेपछि हिडेर घर जानु परेको बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार