आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • कोरोना संक्रमणबाट विश्वभर एक अरब मानिस संक्रमित हुन सक्छन्: आईआरसी

कोरोना संक्रमणबाट विश्वभर एक अरब मानिस संक्रमित हुन सक्छन्: आईआरसी

  • बुधबार, बैशाख १७, २०७७
कोरोना संक्रमणबाट विश्वभर एक अरब मानिस संक्रमित हुन सक्छन्: आईआरसी

एजेन्सी — अन्तर्राष्ट्रिय उद्दार समिति (आईआरसी) ले संसारभर एक अरब मानिस कोरोना महामारीको चपेटमा पर्न सक्ने चेतावनी दिएको छ । आईआरसीले यदि विश्वका कमजोर देशहरुलाई तत्काल मद्दत नगर्ने हो भने एक अर्बभन्दा बढी मानिसहरु महामारीको चपेटामा पर्न सक्ने चेतावनी दिएको हो ।

उक्त संगठनले विश्वव्यापी रुपमा महामारीको प्रभाव रोक्न आर्थिक र मानवीय सहायता आवश्यक रहेको समेत बताएको छ । अफगानिस्तान र सिरियाजस्ता युद्धग्रस्त देशहरुमा तत्काल लगानीको आवश्यकता रहेको दाबी गर्दै उक्त संगठनले यसका लागि समेत एकदमै छोटो समय रहेकोले अन्यथा भएमा संक्रमणले विनाश निम्त्याउन सक्ने चेतावनी दिएको छ ।

जोन हपकिन्स विश्वविद्यालयको रिपोर्टअनुसार अहिलेसम्म विश्वमा ३० लाखभन्दा बढी मानिसहरु कोरोना संक्रमित देखिएका छन् भने २ लाखभन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ ।  विश्व स्वास्थ्य संगठन र इम्पीरियल कलेज लन्डनको तथ्याङ्कमा आधारित भएर निर्माण गरिएको आईआरसी प्रतिवेदनले भनेको छ, ‘विश्वभर कोरोना भाइरस संक्रमितहरुको संख्या ५० करोडदेखि १ अरबको बीचमा पुग्न सक्छ ।’

प्रतिवेदनमा भनिएको छ, ‘द्वन्द्व प्रभावित र अस्थिर देशहरुमा संक्रमणका कारण करिब ३० लाख मानिसहरु मर्ने अनुमान छ ।’ महामारी रोक्न तत्काल लगानी र अन्य व्यवस्थापकीय कार्यक्रमहरुलाई तत्काल अघि बढाउन समेत आईआरसीले भनेको छ । -बीबीसी

चर्चामा

सम्बन्धित समाचार