• होमपेज
  • देश
  • बैतडीमा नग्न अवस्थामा मृत भेटिएकी युवतीको हत्या आशंका, दुई जना पक्राउ

बैतडीमा नग्न अवस्थामा मृत भेटिएकी युवतीको हत्या आशंका, दुई जना पक्राउ

  • मङ्लबार, बैशाख १६, २०७७
बैतडीमा नग्न अवस्थामा मृत भेटिएकी युवतीको हत्या आशंका, दुई जना पक्राउ

बैतडी : बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर ४ मा मृत भेटिएकी युवतीको हत्या भएको आशंका गरिएको छ। टाडिखर्क खोलामा नग्न अवस्थामा मृत फेला परेकी १९ वर्षीया युवती गीता महरको हत्या भएको आशंका गरिएको हो। महरका आफन्तले पनि हत्या भएको आरोप लगाएका छन्।

मृतकका काका पुष्करसिंह महरले दिनेश खवरलाई भने, ‘१३ गते साँझदेखि गीता वेपत्ता थिईन्। १५ गते मृत फेला परेकी छिन्। धेरैले खोलाले बगाएर मृत्यु भयो भन्दैछन् तर त्यो खोलामा पानी समेत छैन्। कसरी बगाएको होला।’ प्रहरीले घटनाको छानविन गर्दै सत्यतथ्य बाहिर ल्याउनपर्ने माग उनको छ।

मृत भेटिएकी युवतीको शरिरमा भित्री लुगा समेत छैन्। यता जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक किसन चन्दले भने घटनाको अनुसन्धान भईरहेको बताए। उनले सोधपुछका लागि १९ बर्षीय सरस्वती साउद र २२ बर्षीय अमरसिंह साउदलाई नियन्त्रणमा लिईएको बताए।

‘घटनास्थलमा प्रहरी निरिक्षक गौरी जैसीको नेतृत्वको टोली खटिएको छ। शवको पोष्टमार्टम भईरहेको छ। रिपोर्ट आएपछि अनुसन्धानमा सहज हुनेछ।’ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक चन्दले दिनेश खवरलाई भने। मृतक युवती शिवनाथ गाउँपालिका वडा नम्वर २ मा रहेको नागार्जुन माविमा कक्षा ११ मा अध्ययनरत थिईन्। साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार