• होमपेज
  • समाज
  • हतियार बरामदपछि कैलालीका वडा अध्यक्ष शाही प्रहरी नियन्त्रणमा

हतियार बरामदपछि कैलालीका वडा अध्यक्ष शाही प्रहरी नियन्त्रणमा

  • मङ्लबार, बैशाख १६, २०७७
हतियार बरामदपछि कैलालीका वडा अध्यक्ष शाही प्रहरी नियन्त्रणमा

कञ्चनपुर : कञ्चनपुरमा हतियार बरामदपछि कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० अध्यक्ष रविन्द्र शाही प्रहरीले नियन्त्रणमा लिएको छ। गत चैत्र २५ गते कृष्णपुर नगरपालिकामा हतियार सहित वडा अध्यक्ष शाहीको भारतीय नम्बर प्लेटको जिप बरामद गरेपछि आफै जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएपछि उनलाई नियन्त्रणमा लिईएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक रविन्द्र पौडेलले बैशाख १४ गते कार्यालयमा उपस्थित भएका शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको जानकारी दिए। प्रहरीले उनी हात हतियार खरजना ऐन अन्र्तरगत मुद्दा दायर गरेको थियो।

जिल्ला अदालतले वडाध्यक्ष शाहीलाई पक्राउ गर्न प्रहरीलाई अनुमती दिएको थियो। तर उनी आफै प्रहरी कार्यालयमा उपस्थित भएका हुन्। शाहीले प्रयोग गर्दै आएको भारतीय नम्बर प्लेटको डिएल ३ सिसिआर ३९९७ नम्बरको कार हतियार सहित कृष्णपुर नगरपालिका ४ गुलरियाबाट सशस्त्र प्रहरीको टोलीले गाडी र हतियार बरामद गरेको थियो।

उक्त गाडीबाट सशस्त्र प्रहरीले प्वाइन्ट टु–टु एसलआर एक थान, त्यसको बुलेट १४ थान, एअर गन एक थान तथा त्यसको छर्रा १९६ थान बरामद गरेको थियो।  #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार