• होमपेज
  • समाज
  • कैलालीका ३ जनामा र्‍यापिड टेस्ट पोजेटिभ

कैलालीका ३ जनामा र्‍यापिड टेस्ट पोजेटिभ

  • मङ्लबार, बैशाख १६, २०७७
कैलालीका ३ जनामा र्‍यापिड टेस्ट पोजेटिभ

धनगढी : कैलालीमा चार जना कोरोना संक्रमित भेटिएपछि सुरु गरिएको र्‍यापिड टेस्ट अझै जारी छ। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार अहिले सम्म चार हजार आँठ सय २द्द जनामा र्‍यापिड टेस्ट गरिएको छ। चर हजार एक सय ६५ पुरुष र छ सय ५७ जनामा र्‍यापिड टेस्ट गरिएको हो।

र्‍यापिड टेस्टमा दुइृ जना पुरुष र एक जना महिलामा पोजेटिभ देखाएको थियो। पुष्टिका लागि पीसीआरबाट परीक्षण गर्दा भने तीनै जनाको रिपोर्ट नेगेटिभ देखाएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जानकारी दिएको छ। सुदूरपश्चिम प्रदेशभरी १२ हजार बढिमा र्‍यापिड टेस्ट गर्दा १० जनामा पोजेटिभ देखाएकोमा पीसीआरमा भने सबैको रिपोर्ट नेगेटिभ आएको निर्देशनालयले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार अहिले सम्म जिल्लामा सबैभन्दा बढि धनगढी उप–महानगरपालिकामा एक हजार ६ सय ६७ जनामा ¥यापिड टेस्ट गरिएको छ। गोदावरी नगरपालिकामा सात सय ८०, गौरीगंगामा एक सय ८७, घोडाघोडीमा दुई सय ३१, लम्कीचुहामा छ सय ९६, टीकापुरमा तीन सय ५८, भजनीमा दुई सय ८५, कैलारी गाउँपालिकामा ६२, चुरे गाउँपालिकामा दुई सय ५५, जानकीमा एक सय ५१, बर्दगोरीमा तीन सय २३, जोशीपुरमा एक सय १५ र मोहन्यालमा दुई सय १२ जनाको र्‍यापिड टेस्ट गरिएको छ।

यस्तै कैलालीमा जिल्लामा अहिले सम्म थ्रोट स्वाब संकलन गरी पीसीआरबाट पाँच सय २८ जनाको नमूना संकलन गरिएको छ। जस्मा पाँच सय २४ जनाको नेगेटिभ र चार जनाको पोजेटिभ देखाएको थियो। पोजेटिभ देखाएका तीन जना ठिक भएर घर फर्किसकेका छन् भने बाँकी तीन जनाको उपचार भईरहेको छ। साभार दिनेश

चर्चामा

सम्बन्धित समाचार