• होमपेज
  • समाज
  • २५ दिनदेखि कोरोनासंग लड्दै धनगढीकी संक्रमित महिला, पाचौँ रिपोर्ट पनि ‘पोजेटिभ’

२५ दिनदेखि कोरोनासंग लड्दै धनगढीकी संक्रमित महिला, पाचौँ रिपोर्ट पनि ‘पोजेटिभ’

  • मङ्लबार, बैशाख १६, २०७७
२५ दिनदेखि कोरोनासंग लड्दै धनगढीकी संक्रमित महिला, पाचौँ रिपोर्ट पनि ‘पोजेटिभ’

धनगढी : धनगढीकी कोरोना संक्रमित महिलाको पाचौँ रिपोर्ट पनि ‘पोजेटिभ’ आएको छ। २५ दिनदेखि सेती अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिलाको पाँच पटक सम्म गरीएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पनि पोजेटिभ आएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले चैत २२ गते कोरोना पुष्टि भएपछि संक्रमित महिलाको पाँच पटक सम्म परीक्षण भईसकेको र सबै रिपोर्ट पोजेटिभ आएको बताए। सूचना अधिकारी श्रेष्ठका अनुसार चिकित्सकहरुको सल्लाह अनुसार उनको थ्रोट स्वाब संकलन गर्दै फेरी परीक्षण गरिनेछ।

उनीसंगै भर्ना भएका दुई जना, अगाडि भर्ना भएका एक जना र पछाडि भर्ना भएकी एक जना गरी चार जना कोरोना संक्रमित भने डिस्चार्ज भईसकेका छन्। लम्कीचुहा नगरपालिकाका २१ बर्षीय युवक र धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० बर्षीय पुरुष र लम्कीचुहा नगरपालिका वडा नम्वर १ कि महिला सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भईसकेका हुन्।

अहिले सेती प्रादेशिक अस्पतालको आईसोलेसमा उनको मात्रै उपचार भईरहेको छ। उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालका कोभिड १९ उपचार विभाग प्रमुख डाक्टर शेरवहादुर कमरले दिनेश खवरलाई बताए। कोरोनाको रिपोर्ट पोजेटिभ देखाए पनि उनमा कुनै समस्या नदेखिएको उनले बताए।

३४ बर्षीय महिलामा दुबईबाट आएका उनका ३४ बर्षीय देवरबाट कोरोना सरेको आशंका गरिएको छ। उनका देवर भने सञ्चो भएर अस्पतालबाट डिस्चार्ज भईसकेका छन्। साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार