बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • बहु संख्याक श्रमजिविको एकता भएपछि

बहु संख्याक श्रमजिविको एकता भएपछि

  • मङ्लबार, बैशाख १६, २०७७
बहु संख्याक श्रमजिविको एकता भएपछि

शिकागो का शहिदहरुले रगत बगाए हक का लागि,
संसार भरिका श्रमजिवि लाई जगाए हक का लागि।

न्यायँको लागि शंघर्ष गरे बलिदानी पूर्ण श्रमजिवीले,
बर्ग शंघर्ष सँग आफ्नो साईनो लगाए हक का लागि।

सयौँ बर्ष को गुलामि त्यो बेढि र हत्थकढि छिनाल्न,
बर्ग शंघर्षको महान हतियारनै सगाए हक का लागि।

जँहा अन्यायँ अत्याचार हुँन्छ त्यँहा बिद्रोहपनि हुँन्छ,
पुँजि पतिको त्यो सोशण बाट अघाए हक का लागि।

बहु संख्याक श्रमजिविको एकता भएपछि दुनियाँमै,
मुट्ठिभर शामन्तिहरु लाई पनि भगाए हक का लागि।

ल्याउँनु थियो संसार मा उज्यालो कालो बादल हटाई,
त्यसैले ता मार्क्सवादी शिधान्त मगाए हक का लागि।
सुरेशकुमार पान्डे!२७-४-२०२०,

चर्चामा

सम्बन्धित समाचार