• होमपेज
  • समाज
  • कैलाली र कञ्चनपुरका नदीमा बाढी, एक जना वेपत्ता, निर्माणाधिन पुल भत्कियो

कैलाली र कञ्चनपुरका नदीमा बाढी, एक जना वेपत्ता, निर्माणाधिन पुल भत्कियो

  • सोमवार, बैशाख १५, २०७७
कैलाली र कञ्चनपुरका नदीमा बाढी, एक जना वेपत्ता, निर्माणाधिन पुल भत्कियो

धनगढी : सुदूरपश्चिमका अधिकासं स्थानमा आज बिहान वर्षा भएपछि तराईका नदीमा बाढी आएको छ। कैलाली र कञ्चनपुरका अधिकासं नदीमा आज बाढी आएको हो। कञ्चनपुरको दोदा नदि तर्ने क्रममा एक जना वेपत्ता  भएका छन् भने एक जनाको उद्धार गरिएको छ।

जिल्लाको लालझाँडी गाउँपालिका वडा नम्वर १ बिनाबारी टोलका बृद्ध सादुसिंह राना वेपत्ता भएका हुन् भने उपदेव बडायकको उद्धार गरिएको हो। वेपत्ताको खोजीका लागि अहिले घटनास्थलमा प्रहरी टोली पठाईएको छ।

यस्तै लालझाडी गाउँपालिका वडा नम्वर ३ बल्मीमा दोदा नदीमा निर्माणधिन पुल पनि बाढीले बगाएको छ। हिमसगरमाथा कन्सट्रक्सनले निर्माण गर्दै आईरहेको पुल बाढीले बगाएको हो।

कैलाली, कञ्चनपुर सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा पनि विहानैदेखि बर्षा भएको थियो। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायु, स्थानीय वायु र पुर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभावका कारण अधिकासं स्थानमा वर्षा भएको हो।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज राति सुदूरपश्चिममा सामान्य बदली रही अधिकांश स्थानहरुमा  मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार