बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • आफ्नै मात्रृत्व भूमिलाई डसेर के पायौँ (गजल)

आफ्नै मात्रृत्व भूमिलाई डसेर के पायौँ (गजल)

  • सोमवार, बैशाख १५, २०७७
आफ्नै मात्रृत्व भूमिलाई डसेर के पायौँ (गजल)

आजिवन परदेश भित्र बसेर के पायौँ,
आर्काका जुठा भाँडा धसेर के पायौँ।

खान मात्रै त पुग्थ्यो खोरिया फाँडे नी,
अन्जान मुलुकमा सदै पसेर के पायौँ।

देखायो सामन्त सोशक यो बाटो लाई,
उसैको त्यो जालभित्र फसेर के पायौँ।

पसिनाले सिँचेर अर्काकै देशलाई सदै,
यो लाहुरे को जिलाफ घसेर के पायौँ।

ईमानदार र बफादार भएर बिदेशी को,
आफ्नै मात्रृत्व भूमिलाई डसेर के पायौँ।

सक्छौ भने आफ्नै देशमा पोख पौरख,
अर्काको देशभित्र कमर कसेर के पायौ।
सुरेशकुमार पान्डे।२७-४-२०२०,

चर्चामा

सम्बन्धित समाचार