• होमपेज
  • देश
  • बर्षात शुरु सँगै बुढिगंगा नदि थुनिदै

बर्षात शुरु सँगै बुढिगंगा नदि थुनिदै

  • आइतवार, बैशाख १४, २०७७
बर्षात शुरु सँगै बुढिगंगा नदि थुनिदै

बाजुराको बुढिगंगा नगरपालिका र त्रिबेणी नगरपालिका बिचमा रहेको द्धवारीमा बुढिगंगा नदि बर्षातको शुरुवात सँगै थुनिने खतरामा रहेको छ । बर्षात सँगै बुढिगंगा नदिमा पानि बढदै जानु र त्रिबेणी नगरपालिका ९ पैमा गाँउ तल बाट पहिरा झर्न शुरु भएपछि थुनिने शुरु भएको छ ।


दुई बर्ष देखि उक्क्त ठाँउमा पहिरो बग्न थालेको हो । हिउँदको समयमा पनि पहिरो बगिरहेको थियो । यो हिउँदमा पनि नदि केही भाग थुनिएको थियो । बर्षातमा पानि बढने भएपछि द्धवारीमा बुढिगंगा नदि थुनिन शुरु रहेको स्थानिय बासिले वताएका छन् । लगातार पहिरो बढदै गएपछि र ठुला ढुङ्गा बिचमा आएर अडकिएपछि जतिबेला पनि नदि थुनिन सक्ने खतरा रहेको त्रिबेणी नगरपालिकाले वताएको छ । नदि थुनिने जोखिम बढेपछि स्थानियलाई समेत सचेत गराइएको उनले वताए ।
दुई बर्ष देखि नै पैमा गाँउ बाट लगातार पहिरो खसिरहेको छ, नदि एक छेउतिर गएपछि यता बुढिगंगा नगरपालिका १ अम्कोटको तल बाट पहिरो बग्न शुरु भएको स्थानिय नविन थापाले वताएका छन् । नदि थुनिने शुरु सँग नजिकै रहेको खेतियोग्य जमिन, झुलंगे पुल र साँफे मार्तडी सड्क खण्ड पनि उच्च जोखिममा रहेका छन् ।


साँफे मार्तडी सड्क खण्ड प्रत्येक बर्षात अबरोध भएको थियो । उता बाट पहिराले नदिले साघुरो बनाउदै गएको छ, अर्को भागमा नदिले कटान गर्दै गएपछि जुनसुकै बेला पनि साँफे मार्तडी सड्क बन्द हुन सक्ने खाद्य अधिकार सञ्जाल बाजुराका अध्यक्ष मदनराज जैशीले वताएका छन् । पटक पटक राज्यलाई जानकारी भएपनि सड्क ब्यबस्थापन र थुनिएको नदि खुलाउनमा कसैको ध्यान नगएको जैशीले वताए ।
नदि थुनिने खतरा सँगै बाजुराको ताप्रिसेरा, अछामको बुढाबगर, साँफेबगर लगायत ठाँउ जोखिममा रहेका छन् । त्यो सँगै पहिरो सँगै जोडिएको गाँउ पैमा पनि उक्क्त जोखिममा रहेको स्थानिय भानुभक्त जैशीले वताएका छन् । खेतियोग्य जमिन सबै गएको बर्ष पहिराले बगाइसकेको उनले वताए । बर्षात मात्र नभई हिउँदको महिनमा पनि पहिरो बग्दै आएको थियो । प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले भने थुनिएको नदि खोल्नका लागि सिचाइ कार्यलयलाई जानकारी गरेको बताएका छन् । न्यौपानेले खोल्नका लागि निर्देशन दिएपनि अब भने खोल्न सजिलो नरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार