• होमपेज
  • समाज
  • बझाङमा विद्युत र सञ्चार सेवा अवरुद्ध

बझाङमा विद्युत र सञ्चार सेवा अवरुद्ध

  • आइतवार, बैशाख १४, २०७७
बझाङमा विद्युत र सञ्चार सेवा अवरुद्ध

बझाङ :  बझाङमा विद्युत र नेपाल टेलिकमका सेवा अवरुद्ध भएका छन्। विद्युत सेवा अवरुद्ध भएपछि तीन दिन देखि बझाङ अन्धकारमय बनेको छ भने शनिबार साँझदेखि नेपाल टेलिकमका सबै सेवा अवरुद्ध भएपछि सञ्चार सम्पर्क समेत टुटेको छ।

नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख सतिषकुमार कर्णले विद्युत लाईनमा आएको खराबीले सेवा अवरुद्ध भएको बताए। उनले मर्मत सम्भारको काम जारी राखिएले छिट्टै सेवा सुचारु हुने जानकारी दिए।

यस्तै दुर सञ्चार कार्यालय डडेल्धुराले शनिबार दिउँसो घाम नपरेका कारण सोलारको ब्याट्री चार्ज हुन नपाएपछि सञ्चार सेवा अवरुद्ध भएको जनाएको छ।

जेनेरेटरको व्यवस्था भएपनि खातीगाउँबाट प्राविधिक पुग्न समय लाग्ने भएकाले ढिलाई भएपनि आज त्यसतर्फ हिडिसकेकाले छिट्टै सेवा सुचारु हुने दुर सञ्चार कार्यालयका प्रमुख प्रकाश भट्टले बताए। दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार