शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • रुखबाट लडेर मेरुदण्ड भाच्चिएकि महिलाको हेलिकप्टर मार्फत काठमाडौ उद्धार

रुखबाट लडेर मेरुदण्ड भाच्चिएकि महिलाको हेलिकप्टर मार्फत काठमाडौ उद्धार

उपचार नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठानले सहयाेग गर्ने

  • शनिबार, बैशाख १३, २०७७
रुखबाट लडेर मेरुदण्ड भाच्चिएकि महिलाको हेलिकप्टर मार्फत काठमाडौ उद्धार

घाँस काट्दा रुख बाट लडेर मेरुदण्ड भाच्चिएकि महिलाको हेलिकप्टर मार्फत काठमाडौ लगिएको छ । बडिमालिका नगरपालिका ८ बस्ने ३५ बर्षिय धनमति रावल बिहिवार घासँ काट्दा रुख बाट लडेर मेरुदण्ड भाच्चिएको थियो ।


उपचारका लागि जिल्ला अस्पताल बाजुरामा भर्ना भएकि धनमति रावललाई काठमाडौ रिफर गरेपछि गृहमन्त्रालको सहयोगमा हेलिकप्टर मार्फत उद्धार गरेर काठमाडौ पठाइएको वडा नम्बर ८ का अध्यक्ष प्रकाश रावलले वताएका छन् । जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माका अनुसार ति महिलाको मेरुदण्ड भाच्चिएकोले अस्पतालमा उपचार हुन नसक्ने बताएपछि जिल्ला प्रशासन कार्यलय बाजुरा मार्फत गृहमन्त्रालयमा पहल पछि उद्धार भएको अध्यक्ष रावलले वताएका छन् ।


घाइतेलाइ सेनाको हेलिकप्टर मार्फत सुर्खेत पुयाएको छ भने त्यहा बाट सेनाको जहामा काठमाडौ लगिएको नेपालि सेनाका मेजर रबिन श्रेष्ठले वताएका छन् । उद्धार भएकि भनमतिको उपचार नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठान काठमाडौले -Nepal Healthcare Equipment Development Foundation (NHEDF) सहयोग गर्ने भएको छ । उहाको आर्थिक अबस्था कमजोर भएको समचार आएपछि राष्ट्रिय ट्रमा सेन्टरमा उपचारमा सहयोग गर्ने संस्थाका अध्यक्ष सम्राट सिं बस्नेतले वताएका छन् । उनको उपचारमा लाग्ने सबै खर्च ब्यबस्थापन संस्थाले गर्ने भएको छ ।


धनमति परिवारको आर्थिक अबस्था निकै कमजोर भएकाले उपचार गर्नमा समस्या भएको छ । चिकित्सले काठमाडौ उपचार गर्न भनेको छ, तर आर्थिक अबस्था निकै कमजोर रहेको उनका श्रीमान शेर बहादुर रावलले वताएका छन् । उनले श्रीमतिको उपचारका लागि सहयोगका लागि पहल गरिदिन आग्रह समेत गरिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार