बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • प्रेस संगठन बैतडीले ५० जना सञ्चारकर्मीलाई स्यानेटाइजर र साबुन बितरण

प्रेस संगठन बैतडीले ५० जना सञ्चारकर्मीलाई स्यानेटाइजर र साबुन बितरण

  • शनिबार, बैशाख १३, २०७७
प्रेस संगठन बैतडीले  ५० जना सञ्चारकर्मीलाई स्यानेटाइजर र साबुन बितरण

 बैतडी १३ बैशाख–  प्रेस संगठन बैतडीले जिल्लाका ५० जना सञ्चारकर्मीलाई स्यानेटाइजर र साबुन बितरण गरेको छ । कोरोना भाइरसबाट बच्न सुरक्षा सामग्रीको रुपमा प्रयोग हुने स्यानेटाइजर तथा साबुन पत्रकारहरुको कार्यकक्षमै गएर बितरण गरिएको संगठनका जिल्ला संयोजक चन्द्रकान्त अवस्थीले बताउनुभयो ।

\लकडाउनका बेला तथा कोरोना भाइरसबिरुद्ध अग्रपक्तीमा रहेका हुनाले सुरक्षा सामग्री बितरण गरिएको उहाँले बताउनुभयो । संगठनको शुक्रवार भिडियो कन्फ्रेन्सबाट बसेको बैठकले सुरक्षा सामग्री बाड्ने निर्णय गरेको थियो । जिल्ला स्थीत रेडियोहरु, टेलिभिजन पत्रपत्रिका, अनलाईन लगायतका आमसञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई उनीहरुको डेरामै तथा कार्यकक्षमै पुगेर उक्त सामग्री बितरण गरिएको संगठनका सहसंयोजक सीपी लोहियाले बताउनुभयो ।

लकडाउनका बेला समेत समाचार सम्प्रेशणमा खटिएका सञ्चारकर्मीहरुलाई सुरक्षा सामग्री बितरण गर्दा थप हौसला मिलेको बैतडीका बरिष्ठ पत्रकार लक्ष्मी पाण्डेयले बताउनुभयो । सूचनाका सम्बाहक पत्रकारहरु पनि लकडाउनमा सास्ती भोग्नुपरेको हुनाले सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रहसमेत गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार