सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नजानु भनेकै नगरपालिकाको कमजाेरी देखीन्छ : सासंद रेग्मी (भिडियाे सहित)

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नजानु भनेकै नगरपालिकाको कमजाेरी देखीन्छ : सासंद रेग्मी (भिडियाे सहित)

  • शुक्रबार, बैशाख १२, २०७७
कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नजानु भनेकै नगरपालिकाको कमजाेरी देखीन्छ : सासंद रेग्मी (भिडियाे सहित)

बाजुरा १२ बैसाख– बाजुरा जिल्लाको कोल्टीमा डाक्टर नजानु भनेको बुढिनन्दा नगरपालकिाको दोस रहेको प्रदेश क का सांसद बल्देब रेग्मीको आरोप रहेको छ । कोरोना कहरमा बडिमालिका खवरको भुमीका बिषायक अन्तरबार्तामा सास्ंसद रेग्मीले यस्तो बताएका हुन । बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र एक बर्ष देखि चिकित्सक बिहिन रहेको छ । देशभर कोरोना त्रासको अवस्था रहदा सरकारले आइसोलेसन कक्ष तोकेको स्वास्थ्य केन्द्रले नै स्वास्थ्यकर्मी अभावको समस्या झेलिरहेको छ यसमा आफुले गर्न सक्ने जती गरेको सासंद रेग्मीले बताए ।
े बुढिनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नभएको झण्डै एक बर्ष भयो । प्राथामिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर गणेश चौधरी अघिल्लो बर्षको साउन महिनामा समायोजन भई गएपछि कोल्टी प्राथामिक स्वास्थ्य केन्द्र डाक्टर बिहिन बनेको हो । कोरोना संक्रमण नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालयले कोल्टीमा आइसोलेसन कक्ष पनि बनाएको छ । तर आईसोलेसन कक्ष नामको मात्र रहेको छ । अस्पतालमा चिकित्सक मात्रै हैन स्वास्थ्य उपकरण समेत छैनन तर पनी आफु निरन्तर लागेको भए पनी नगरपालिको कमजोरी रहेको बताएका छन् ।
सरकारले आईसोलेसन कक्ष निर्माण गरेको स्वास्थ्य सस्थामा एक जना चिकित्सक सहित अन्य स्वास्थ्य उपकरण हुनुपर्ने ब्यवस्था गरेको छ । अक्सिजन,मनिटर, पिपिई सेट लगायतका सामाग्री समेत प्राथमिक स्वास्थ्य केन्द्रमा छैनन । दुई शैय्या छुट्याएर नाम मात्रको आईसोलेसन कक्ष स्थापना गरिएको छ । तर नगरपालिकाको यस अघिका समस्याका कारण कुनै पनी डाक्टर जान नचाहेको सासंद रेग्मीको भनाइ रहेको छ ।
कोल्टी क्षेत्रका मानिसहरु कामको सिलसिलामा भारतका विभिन्न शहरहरुमा जाने गर्दछन । कोरोना संक्रमणसँगै भारत लगायतका क्षेत्रवाट स्वदेश फर्कनेहरु खुल्ला रुपमा गाँउ घुमिरहेका छन । पूर्वाधार र स्वास्थ्यकर्मी नभएकै कारण उनीहरुलाई क्वारेन्टिन र आइसोलेसनमा राख्न सकिएको छैन ।
बाजुरा जिल्लाका एक नगरपालिका, तीन गाउपालिकाका र कर्णाली प्रदेशका हुम्ला, मुगु र कालिकोट जिल्लाका केही स्थानिय तहका बासिन्दालाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले सेवा दिदै आएको छ । तर केन्द्रमा चिकित्सक देखि उपकरण समेत नहुँदा कोरोना संक्रमण नियन्त्रण मात्रै हैन स्थानीय सामान्य स्वास्थ्य सेवा पाउनवाट समेत बन्चित छन् ।

https://www.youtube.com/watch?v=Osk2p5-PlB0&t=14s

चर्चामा

सम्बन्धित समाचार