बिश्व समुदाय कोरोना भाइरसबाट त्रसित भइरहेको बेला बाजुरा जिल्लाको हिमाली गाउँपालिकाले COVD19 कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि जीवाणु तथा बिषार्णु नस्ट गर्ने क्यामिकल सोडियम हाइपोक्लोराइड सोलुसन गाउँपालिका भित्रका टोलटोलमा छर्कीरहेको छ ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राज बहादुर भण्डारीका अनुसार गाउँपालिकाको सबै जोखिमपूर्ण बस्तीहरुमा क्यामिकल छर्केर डीसइन्फेक्सन बनाउने योजना अनुसार हाल सम्म गाउँपालिका वडा नं.७ को बाधु गाउँ चुलिगाड बजार अर्थागेचौर र वडा नं.६ को बोल्ढिक गाउँ र धुलाचौर बजारका करीब ६ सय घरधुरी बसोबास गर्ने समुदायमा क्यमिकल छर्किने काम सम्पन्न भएकोछ । COVID १९ रोकथाम गर्नेकार्यक्रम सगै लामखुट्टे र झिंगा मार्ने क्यमिकल पनि छार्किरहेको यसले गर्दा मलेरिया झाडापखाला लगायतका सरुवा रोगको महामारीको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने कुरा स्वास्थ्य शाखा प्रमुख राज बहादुर भण्डारीले बताए ।
गाउँपालिका नि प्रमुख प्रशासकीय अधिकृत जनक बहादुर शाहीका अनुसार COVID 19 बिरुद्ध क्यामिकल छर्कने अभियानका लागि वडा नं.४ का वडा अध्यक्ष रमेश बि क को संयोजकत्वमा अ.हे.व बासुदेव पाण्डे ,मदन पाण्डे ,हिमाल मल्ल ललित मल्ल कृष्ण मल्ल र अनन्त पाण्डेको टिमलाइ सामान्य तालिम दिई समुदायमा परिचालन गरिएको हो । गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लका अनुसार हिमाली गाउँपालिकाका जनताहरुको स्वास्थ्य सुरक्षाको निमित्त गाउँपालिकाले आफ्नै आर्थिक श्रोतबाट कोरोना रोकथाम गर्न सबै जोखिमयुक्त बस्तिहरुमा किटनासक क्यमिकल छर्किने योजना बनाएका हौँ । यस्ताखालका महत्वपूर्ण कार्यक्रमहरुलाई सबै सरोकारवालाहरुले साथ सहयोग दिनुपर्ने कुरा गाउँपालिका उपाध्यक्ष चन्द्रा देवी बुढाले बताएका छन।