शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • जन्मउत्सवको अवसरमा स्वास्थ्य सामाग्री सहयोग

जन्मउत्सवको अवसरमा स्वास्थ्य सामाग्री सहयोग

  • शुक्रबार, बैशाख १२, २०७७
जन्मउत्सवको अवसरमा स्वास्थ्य सामाग्री सहयोग

नन्दा थापा —  नेपाल कपडा तथा सिलाई व्यवसायी संघ बाजुराका अध्यक्ष रतन नेपालीले आफ्नो जन्मउत्सवको अवसरमा जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ । कोरोना भाईरसले विश्व नै त्रसित भईरहेको बेला जिल्ला अस्पताल बाजुरालाई विरामी र स्वास्थ्यकर्मीलाई सुरक्षाको लागि भन्दै स्वास्थ्य सामग्री सहयोग गर्नुभएको हो ।

नेपालीले स्वास्थ्यकर्मी र विरामीको लागि उपयुक्त हुने ४ जोर लुगा आफैले सिलाएर आजै हस्तान्त्रण गरेको बताउनु भएको छ । आफ्नो ४२ औ जन्मउत्सवको अवसरमा करिब ६ हजार बराबरका स्वास्थ्य सामग्री जिल्ला अस्पताल व्यवस्थापन समिति अध्यक्ष भरत थापा अस्पतालका प्रमुख डाक्डर रुपचन्द्र विश्वकर्मालाई संयुक्त रुपमा हस्तान्त्रण गर्नुभएको हो ।

चर्चामा

सम्बन्धित समाचार