• होमपेज
  • राजनीति
  • चर्को विरोधपछि दुवै अध्यादेश फिर्ता लिने मन्‍त्रिपरिषद्‌को निर्णय

चर्को विरोधपछि दुवै अध्यादेश फिर्ता लिने मन्‍त्रिपरिषद्‌को निर्णय

  • शुक्रबार, बैशाख १२, २०७७
चर्को विरोधपछि दुवै अध्यादेश फिर्ता लिने मन्‍त्रिपरिषद्‌को निर्णय

काठमाडौं — सबैतिरबाट चर्को विरोध र आलोचनापछि दुई विवादित अध्यादेश फिर्ता लिन सरकार वाध्य भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले दल विभाजनलाई खुकुलो पार्ने र संवैधानिक परिषदमा प्रतिपक्षको भूमिकालाई निषेध गर्ने अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।

सरकारको निर्णयको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था छ ।

दुवै अध्यादेशको पार्टीभित्रैबाट आलोचना भएको थियो भने नागरिक स्तरबाट यसको चर्को आलोचना भएको थियो।

चर्चामा

सम्बन्धित समाचार