• होमपेज
  • देश
  • कोभिड १९ को उपचार तथा समन्वयका लागि ६ जना चिकित्सकको टोलि बाजुरामा

कोभिड १९ को उपचार तथा समन्वयका लागि ६ जना चिकित्सकको टोलि बाजुरामा

  • बिहिबार, बैशाख ११, २०७७
कोभिड १९ को उपचार तथा समन्वयका लागि ६ जना चिकित्सकको टोलि बाजुरामा

कोभिडा १९ को उपचार तथा समन्वयका लागि ६ जना चिकित्सकको टोलि बाजुरामा पुगेको छ । ६ जना चिकित्सकको टिम अछाम अस्पताल हुदै बुधवार बाजुरा पुगेको टोलिमा आएका डा. मोहन नाथले वताएका छन् ।
६ जना चिकित्सकको टोलिमा डा. मोहन नाथ, डा. शरद चन्द बराल, डा. श्रिरी सापकोटा, डा. बिष्नु खतिवडा, डा. मिलन सिलवाल र डा. धर्मराज जैशी रहेका छन् । बाजुरा पुगेको चिकित्सकको टोलिले कोभिड १९ को उपचारको समन्वय र ब्यबस्थापन बारे सहकार्य भइरहेको अस्पताल ब्यबस्थापन बाजुराका अध्यक्ष भरत थापाले बताएका छन् ।
सरकारले ३३ जना चिकित्सक शुदुरपश्चिममा कोभिड १९ कोरोना सम्बन्धि उपचारका लागि पठाएको थियो । ३३ जना मध्ये ६ जना अछाम र बाजुराका लागि पठाएको छ । टोलिमा सहभागि बाजुरा घर भएका डा. मोहन नाथले भने अस्पतालमा कोभिड १९ को उपचारको समन्वय भइरहेको वताए । साथै आइसोलेसन कक्ष र क्वारेनटाइनको अबस्था र ब्यबस्थापनका बारेमा छलफल सँगै ब्यबस्थापन भइरहेको नाथले वताए । केही दिन बाजुरा बसेर फेरी अछाम जाने जति बेला जुन ठाँउमा चिकित्सक आबश्यक हुन्छन्, त्यहि अनुसार अछाम र बाजुरामा परिचालन हुने भएको बुझिएको छ ।

चर्चामा

सम्बन्धित समाचार